‘कोरोना माहामारीसँग धैर्यता पूर्वक लड्नु नै बुद्धिमानी हुन्छ’

महोत्तरी, ११ जेठ । प्राकृतिक सुन्दरता, धार्मिक तथा साँस्कृतिक बिबिधता, मनोरम कलाकृतिले मात्र हैन अतिथी देवो भवको हाम्रो ब्यबहारले संसारभरको घुम्नै पर्ने दश ओटा देशको सूचिमा नेपालले आफूलाई उभ्यायको छ । संसारभरका मानिसको मन मस्तिष्कमा भू स्वर्गको रुपमा स्थापित हाम्रो मुलुकका होटेलहरु पर्यटकको दोस्रो घरका रुपमा बिकास भएका छन।

आदिकाल देखिनै पाहुनाको सेवामा आफूलाइ समर्पण गर्दै आएको हाम्रो मुलुकले बिगत केही दशक देखि मात्र यसलाई ब्यवसायिकरण गर्दै आएको छ।पछिल्लो समय सरकारले आफ्ना नीति तथा कार्यक्रमहरु सार्वजनिक गर्दा मुलुकको आर्थिक बिकासको मेरुदण्ड पर्यटन बिकासूहो भन्नुले नै मुलूकमा पर्यटन उद्योगको औचित्य र आवश्यकतालाई पुष्टी गर्दछ। स्वदेशी लगानी र स्वदेशी श्रमिकको उपयोग गरी स्थापित भएको होटेल तथा पर्यटन उद्योगले केही हद सम्म भए पनी बेरोजगारी समस्यालाई समधानगरी मुलुक बिकाशको मुल पर्वाहमा आफुलाइ समर्पित गरेको छ ।

सुलभ मूल्यमा स्तरीय होटलको बिकासमा जुटेका होटल ब्यवसायिले ‘पर्यटकको लागि स्तरीय होटलको लागी आम पर्यटक’ भन्ने नाराका साथ आफूलाई तयारी राखिरहेका थिए। कोरोना महामारिको कारण मुलुकले हर्षोउल्लास साथ मनाएको नेपाल भ्रमण बर्ष २०२० स्थगित गरी मुलुकमा बन्द बन्दिको घोषणा गरियो। यो घोषणाले होटल तथा पर्यटन ब्यवसायिहरु आफू ब्यवसायिक रुपमा असुरक्षित महसुस गर्न लागेका छन।संसारभर नियन्त्रणभन्दा बाहिर रहेको कोरोना भाइरस महामारी तुरुन्तै नियन्त्रणमा आउने संभावना नदेखिनु पटक पटक बन्दा बन्दी थपिरहनुले ब्यवसायिमात्र हैन आम नागरिक त्रसित छन ।

बिकसित भनिएका मुलुकले सम्म सहन नसक्ने आर्थिक क्षति ब्यहोरी रहेको अवस्थामा हाम्रो जस्तो बिकासोन्मुख मुलुकले यसको ठूलै मूल्य चुकाउनु पर्ने निश्चित छ।सुखी नेपाली संबृद्ध नेपालको परिकल्पना साथ अगाडी बढिरहेको हाम्रो मुलुक सामू यो महामारी अवरोध बनेर उभिएको छ । यसले ब्यवसायी ब्यवसायबाट पलायन हुने खतरा मात्र निम्त्यायको छैन बेरोजगारी र भोकमारीको समस्यालाई समेत सगै लिएर आएको छ । रास्ट्रिय पूॅजि लगानी गरी स्थापित उद्योगी ब्यवसायी पलायन हुनु भनेको देशको लागि दुर्भाग्य हो।

संसारभरका पर्यटकलाइ मध्यनजर गरी बेला बेलामा पर्यटन बर्ष मनाएर संसारभरका पर्यटकको ध्यान नेपालतर्फ खिच्न प्रयत्नशील हुनु आफैमा स्रहानीय कार्य हो । सन २०२० लाई नेपाल सरकारले पर्यटन बर्ष घोषण गरे सगै होटेल तथा पर्यटन ब्यवसायमा ब्यवसायिक रुपमा सफल हुने आशा बढ्दै गएको थियो । नेपाल भ्रमण बर्ष २०२० लाई सफल पार्ने सरकारी घोषणालाई साथ दिदै ब्यवसायीहरु सोही अनुरुप होटेल ब्यवसायको स्तर उन्नतिको लागी अरबौ लगानी गरि स्वदेशी तथा बिदेशी पाहुनालाई पर्खिरहेका थिए । देश हर्शो उल्लास साथ भ्रमण बर्ष मनाउन जुटिरहेको थियो । यो खुशी हाम्रो लागि धेरै समय टिकिरहन सकेन । छिमेकी मुलुक चिनको बुहान प्रान्तमा देखा परेको कोरोना भाइरसले तिब्र गतिमा संसारभर आफ्नो साम्राज्य बिस्तार गर्दै जाँदा नेपाल पनि अछुतो रहन सकेन । यसको गम्भीर प्रभाव नेपाली होटल तथा पर्यटन ब्यवसायमा पर्यो नै ।

हाम्रो जस्तो बिकासोन्मुख मुलुक एका तर्फ हाल नियन्त्रण बाहिर रहेको कोरोना माहमारीसँग लडिरहेको छ भने अर्को तर्फ आफूलाई राष्ट्रियताको लडाइमा समाहित गरिरहेको छ । यो महा बिपतिको घडिमा आफूलाई असल छिमेकी भन्नेलेनै सिमा रेखा मिचेर स्वाधिन रास्ट्रको भुमिप्रति धावा बोलिरहेको छ । यो कुनै पनि हालतमा हामी नेपालीको लागि क्षम्य हुन सक्दैन। यस्तो विषम परिस्थितिमा ब्यवसायलाई सवलरुपमा माथी उठाउनु चुनौतीपूर्ण कार्य हो । यो बेला हामी ब्यापारी र सरकार गम्भिरता पुर्वक लागि सही निचोड निकाल्नु आजको आवश्यकता पनि हो । हाम्रा सामू यत्रतत्र समस्यानै समस्या छन । समस्याबाट भाग्नु समधान हैन नयाँ समस्या जन्माउनु मात्र हो । यो विषम परिस्थितिलाई धैर्यता पूर्वक समधान गर्नु हाम्रो बुद्धिमानी हो ।

स्वदेशी उद्योगमा स्वदेशी श्रम लगानी गरि राष्ट्रीय पुँजिको संरक्षण गर्न औद्योगिक र ब्यवसायिक नीतिनिर्माण गर्नु आजको आवश्यकता हो। ब्यवसायिक जोखिमलाई मध्यनजर गरि उच्च, मध्यम र न्यून जोखिम भएको क्षेत्रको पहिचान गरी उद्योग ब्यवसायलाई पुनर्जीवन दिन रोड म्याप तयार पारी सोही अनुरुप बैंक तथा बित्तीय क्षेत्रबाट न्यून ब्याज दरमा बिना धितो कर्जा लगानि गर्नेसके ब्यवसायी पलायन हुने समस्या टर्ने मात्र हैन नयाँ रोजगारी सृजना गर्न समेत टेवा पुग्दछ । तसर्थ स्वदेशी पुँजिको रक्षा र मुलुक बिकासको खातिर नेपाल सरकारले सोच बुझपूर्वक कदम उठाउनु जरुरी छ।

लेखक: नारायण घिमिरे
होटल तथा पर्यटन व्यबसायी संघ महोत्तरीका सचिब हुन् ।

११ जेष्ठ २०७७, आईतवार ०९:३७ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Email Subscription

विशेष

सबै

बढ्यो नेपालीको प्रतिव्यक्ति आय, पुग्यो १ हजार ९० डलर

काठमाडौँ, १९ असार । नेपाल निम्न आय भएको मूलुकको सूचीबाट निम्न मध्यम आय भएको मुलुकको सूचीमा उक्लिएको छ । विश्व बैंकको पछिल्लो..

पुरुष उत्पीडन:हिंसाको चपेटामा पुरुषपनि

पछिल्लो समयमा समाजमा महिला भन्दा पुरुष हिंसा बढ्दै गएको कुरा समय समयमा बिभिन्न संघ संस्थाहरुले गरेका अध्धयनले..

नेकपा विवाद ः एकता जोगाउन पहल

प्रकाश सिलवाल, काठमाडौँ, १८ असार : सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को शीर्ष तहमा विवाद बढेपछि पार्टी..

काँग्रेसले भन्यो, ‘संसद अधिवेशन अन्त्य गर्नु प्रधानमन्त्रीको गैरजिम्मेवार कदम’

काठमाडौँ, १८ असार । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले संसद अधिवेशन अन्त्य गर्ने प्रधानमन्त्री केपी शर्मा..

राष्ट्रपतिलाई भेट्न शितलनिवास पुगे प्रचण्ड

काठमाडौँ, १८ असार । नेकपाभित्र विवाद बढ्दै गएपछि अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड राष्ट्रपतिलाई भेट्न शितलनिवास..