भारतीय सेना प्रमुखले नेपालमा भारतसँगको सीमा विवादलाई लिएर दिएको अभिव्यक्ति खराब बयान-भारतीय कूटनीतिज्ञ

१० जेठ काठमाडौँ।भारतीय सेना प्रमुखले नेपालमा भारतसँगको सीमा विवादलाई लिएर भइरहेको विरोध अरु कसैको उक्साहटमा गरिएको भनी दिएको अभिव्यक्ति खराब बयान (इल एडभाइज्ड) रहेको एक वरिष्ठ भारतीय कूटनीतिज्ञले बताएका छन्।नेपालमा राजदूतको पदमा रही भारतीय विदेश सेवाबाट अवकाश प्राप्त जयन्त प्रसादले सेना प्रमुखको त्यो अभिव्यक्ति ‘इल एड्भाइज्ड’ रहेको बताएका हुन्। चेन्नईबाट प्रकाशित अंग्रेजी दैनिक ‘द हिन्दु’ मा शनिबार प्रकाशित ‘लोअर द टेम्परेचर, डिफ्युज द इस्यू’ शीर्षकको लेखमा राजदूत प्रसादले सेना प्रमुखको अभिव्यक्तिले त्यो अरु कसैका लागि समस्या बढाउन सहज पार्ने आशंका व्यक्त गरेका छन्।

सेना प्रमुख मनोज मुकुन्द नरावणेले दिल्लीको इन्स्टिच्युट फर डिफेन्स स्टाडिज एण्ड एनालिसिसद्वारा आयोजित एक अन्तर्क्रियामा लिपुलेकसँग जोडिने भारतीय सडकको उद्घाटनपछि नेपालमा भएको विरोधबारे नाम नलिई चीनले त्यसलाई उक्साएको आरोप लगाएका थिए।राजदूत प्रसादले सेवाबाट अवकाश प्राप्त गरिसके पनि उनको अभिव्यक्तिले भारतीय सेनापतिको टिप्पणीबारे त्यहाँको विदेश मन्त्रालय प्रसन्न नभएको अड्कलबाजी बढ्न थालेको छ।
समस्या अरु बढेमा नेपाल–भारत सम्बन्ध बिग्रँदा अरुले त्यसको फाइदा उठाउने हुँदा अहिले चढेको पारो तल झार्दै समस्या समाधानमा लाग्नुपर्ने राजदूत प्रसादले बताएका छन्।सार्वजनिक रुपमा विवाद चर्काउदा दुई पक्षीय मित्रता प्रत्युत्पादक हुने खतरातर्फ पनि उनले संकेत गरेका छन्।

१० जेष्ठ २०७७, शनिबार २२:१६ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Email Subscription

विशेष

सबै

कोरोनाका कारण नेपाल बाहिर १२१ नेपालीको मृत्यु, १४ हजार बढी संक्रमित

लण्डन, १८ जेठ । कोभिड–१९ संक्रमणका कारण शनिबार साँझसम्म नेपाल बाहिर मृत्यु हुने नेपालीको संख्या १२१ पुगेको छ । गैरआवासीय नेपाली संघ..

कोरोना संक्रमितको संख्या १४ सय नाघ्यो

काठमाडौँ, १७ जेठ । नेपालमा कोरोना भाइरसका संक्रमितको संख्या १४ सय नाघेको छ । शनिबार विभिन्न जिल्लाका थप १८९ जनामा..

संविधान संशोधन विधेयकको पक्षमा मतदान गर्ने काँग्रेसको निर्णय

काठमाडौँ, १७ जेठ । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले संविधान संशोधन विधेयकको पक्षमा मतदान गर्ने निर्णय..

एमसीसी अनुमोदनअघि बाँकी काम रोक्ने नेकपा सचिवालय बैठकको निश्कर्ष

काठमाडौँ, १७ जेठ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सचिवालय बैठकले मिलेनियम च्यालेन्ज कम्प्याक्ट..

रुकम घटनाको बिषयमा मननिय पक्षहरु

निशब्द भएर नबोलेर बसेका मनहरु रुकुम घटनाले आक्रोसित बनाईदिएको छ।उदाउन नपाउदै अस्ताएको त्यो डाँडामाथिको घामलाई..