आधा दर्जन कलाकारको आवाजमा ‘हाम्रो माटो’ बोलको गीत सार्वजनिक

काठमाडौँ, १० जेठ । भूमी अतिक्रमणको विषयलाई टिपेर हाँस्य कलाकार राजा राजेन्द्र पोखरेलसहितका गायक गायिकाहरुले ‘हाम्रो माटो’ बोलको गीत सार्वजनिक गरेका छन् । गायक अमृत खातीको शब्द तथा राजा राजेन्द्रको संगीतमा गी सार्वजनिक भएको हो ।

गीतमा अमृत खाती, राजा राजेन्द्र, विक्रमजंग शाह, सिर्जु अधिकारी र अनु अधिकारीको स्वर छ । कमल सौरागको संगीत संयोजन रहेको गीतको रेकर्डिङ र मिक्सिङ सन्जय शृपालले गरेका छन् । गीतको निर्देशन, सम्पादन र छायांकन हुम गैरेले गरेका हुन् भने मुर्चुङ्गा डिजिटलले गीत बजारमा ल्याएको हो ।

नेपालले भारतबाट अतिक्रमित भूमी लिपुलेक, कालापानी र लिम्पियाधुरासहित समेटेर राजनीतिक तथा प्रशासनिक नयाँ जारी गरेपछि भारतले नेपालको कदमलाई चीनको सहायतामा काम गरेको अ ारोप लगाएको छ । भारतले वर्षौदेखि नेपालको पश्चिमी क्षेत्र अतिक्रमण गर्दै आएको छ । अहिले नेपाल सरकारले सिमा क्षेत्रमा सुरक्षाकर्मी पनि खटाईसकेको छ ।

भिडियोः

https://www.youtube.com/watch?v=puwdajZ39pc&feature=emb_logo

१० जेष्ठ २०७७, शनिबार २०:०४ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Email Subscription

विशेष

सबै

कोरोनाका कारण नेपाल बाहिर १२१ नेपालीको मृत्यु, १४ हजार बढी संक्रमित

लण्डन, १८ जेठ । कोभिड–१९ संक्रमणका कारण शनिबार साँझसम्म नेपाल बाहिर मृत्यु हुने नेपालीको संख्या १२१ पुगेको छ । गैरआवासीय नेपाली संघ..

कोरोना संक्रमितको संख्या १४ सय नाघ्यो

काठमाडौँ, १७ जेठ । नेपालमा कोरोना भाइरसका संक्रमितको संख्या १४ सय नाघेको छ । शनिबार विभिन्न जिल्लाका थप १८९ जनामा..

संविधान संशोधन विधेयकको पक्षमा मतदान गर्ने काँग्रेसको निर्णय

काठमाडौँ, १७ जेठ । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले संविधान संशोधन विधेयकको पक्षमा मतदान गर्ने निर्णय..

एमसीसी अनुमोदनअघि बाँकी काम रोक्ने नेकपा सचिवालय बैठकको निश्कर्ष

काठमाडौँ, १७ जेठ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सचिवालय बैठकले मिलेनियम च्यालेन्ज कम्प्याक्ट..

रुकम घटनाको बिषयमा मननिय पक्षहरु

निशब्द भएर नबोलेर बसेका मनहरु रुकुम घटनाले आक्रोसित बनाईदिएको छ।उदाउन नपाउदै अस्ताएको त्यो डाँडामाथिको घामलाई..