प्रेमी मात्रै जताततै सारा बेसारेको ………

चन्द्रप्रकाश आचार्य, रामेछाप ।

गजलः
लजालु कर्के नजरले प्यारको संकेत गर्छ पक्का
नजर मात्र हैन अझ अधर मन पर्छ पक्का

वैशाखमा बेल पाक्छ जेठमा खान खोज्यौ भने
कौवा बन्छौ तिमी अनि अवसर पनि टर्छ पक्का

सूर्यमुखी फूल बनि सूर्यतिरै फर्कदा नि
बिडम्बना भमराले नै कुमारीत्व हर्छ पक्का

नछोड भो मौका तिम्ले चौका हान्नुपर्छ
तिम्ले आँटे पक्का हुन्छ नत्र माया सर्छ पक्का

पूर्णिमाको जून छोडि कालरात्री रोज्यौ भने
चन्द्र भित्र लुकेको यो प्रकाश पक्का मर्छ पक्का

गजलः
जो सँग नि ठिक्क हुने पारा बेसारेको
चोखो माया लाउने अरे नारा बेसारेको

खिस्स हाँस्दै दाँत देखाउछे क्षण भरमै छाड्छे
झार्दियौ जस्तो लाग्छ कैले दारा बेसारेको

भट्टी बार गल्ली अनि शहर पनि उस्कै
प्रेमी मात्रै जताततै सारा बेसारेको

माया लाउनु साथ छोड्नु दिनचर्या बन्दा
रुदा झर्छ आशुको नै धारा बेसारेको

मारे पनि रिस मर्देन निष्ठुरीसँ मेरो
बोक्न पाए हुन्थ्यो बरु घारा बेसारेको

९ जेष्ठ २०७७, शुक्रबार १९:०६ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Email Subscription

विशेष

सबै

कोरोनाका कारण नेपाल बाहिर १२१ नेपालीको मृत्यु, १४ हजार बढी संक्रमित

लण्डन, १८ जेठ । कोभिड–१९ संक्रमणका कारण शनिबार साँझसम्म नेपाल बाहिर मृत्यु हुने नेपालीको संख्या १२१ पुगेको छ । गैरआवासीय नेपाली संघ..

कोरोना संक्रमितको संख्या १४ सय नाघ्यो

काठमाडौँ, १७ जेठ । नेपालमा कोरोना भाइरसका संक्रमितको संख्या १४ सय नाघेको छ । शनिबार विभिन्न जिल्लाका थप १८९ जनामा..

संविधान संशोधन विधेयकको पक्षमा मतदान गर्ने काँग्रेसको निर्णय

काठमाडौँ, १७ जेठ । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले संविधान संशोधन विधेयकको पक्षमा मतदान गर्ने निर्णय..

एमसीसी अनुमोदनअघि बाँकी काम रोक्ने नेकपा सचिवालय बैठकको निश्कर्ष

काठमाडौँ, १७ जेठ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सचिवालय बैठकले मिलेनियम च्यालेन्ज कम्प्याक्ट..

रुकम घटनाको बिषयमा मननिय पक्षहरु

निशब्द भएर नबोलेर बसेका मनहरु रुकुम घटनाले आक्रोसित बनाईदिएको छ।उदाउन नपाउदै अस्ताएको त्यो डाँडामाथिको घामलाई..