जिल्ला फुटबल संघ ललितपुरका अध्यक्ष थापा निलम्बित

काठमाडौँ, ६ जेठ । अखिल नेपाल फुटबल संघ (एन्फा)ले जिल्ला फुटबल संघ ललितपुरका अध्यक्ष पुरुषोत्तम थापालाई निलम्बन गरेको छ । सामाजिक सञ्जालमा एन्फा र यसका पदाधिकारीविरुद्ध अपशब्द प्रयोग भन्दै उनलाई एन्फाले साधारणसभा सम्मका लागि निलम्बन गरेको हो ।

गत वैशाख २२ गते एन्फा दिवसका अवसरमा वरिष्ठ उपाध्यक्ष पंकज नमेवाङले दिएको शुभकामना सन्देशको जवाफमा थापाले अपशब्द लेखेको भन्दै एन्फाले ४८ घण्टाभित्र लिखित जवाफ पेस गर्न भनेको थियो । तर स्पष्टीकरण पत्र चित्त बुझ्दो नभएको भन्दै एन्फाले उनलाई निलम्बन गरेको हो ।

थापाले भने आफू यसविरुद्ध आफूले एन्फा र राष्ट्रिय खेलकुद परिषद्मा अपिल गर्ने बताएका छन् ।

६ जेष्ठ २०७७, मंगलवार २०:२९ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Email Subscription

विशेष

सबै

बढ्यो नेपालीको प्रतिव्यक्ति आय, पुग्यो १ हजार ९० डलर

काठमाडौँ, १९ असार । नेपाल निम्न आय भएको मूलुकको सूचीबाट निम्न मध्यम आय भएको मुलुकको सूचीमा उक्लिएको छ । विश्व बैंकको पछिल्लो..

पुरुष उत्पीडन:हिंसाको चपेटामा पुरुषपनि

पछिल्लो समयमा समाजमा महिला भन्दा पुरुष हिंसा बढ्दै गएको कुरा समय समयमा बिभिन्न संघ संस्थाहरुले गरेका अध्धयनले..

नेकपा विवाद ः एकता जोगाउन पहल

प्रकाश सिलवाल, काठमाडौँ, १८ असार : सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को शीर्ष तहमा विवाद बढेपछि पार्टी..

काँग्रेसले भन्यो, ‘संसद अधिवेशन अन्त्य गर्नु प्रधानमन्त्रीको गैरजिम्मेवार कदम’

काठमाडौँ, १८ असार । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले संसद अधिवेशन अन्त्य गर्ने प्रधानमन्त्री केपी शर्मा..

राष्ट्रपतिलाई भेट्न शितलनिवास पुगे प्रचण्ड

काठमाडौँ, १८ असार । नेकपाभित्र विवाद बढ्दै गएपछि अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड राष्ट्रपतिलाई भेट्न शितलनिवास..