मजदूर बोकेर रामेछाप हिडेको पिकअप भ्यान दुर्घटना, २ जनाको मृत्यु

रामेछाप, १८ चैत्र । रामेछापमा पिकअप भ्यान दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । दुर्घटनामा परी अन्य २८ जना घाइते भएका छन् । भक्तपुरको सूर्यविनायकबाट रामेछापको दोरम्बा जाँदै गरेको बा १४ च ९४९८ पिकअप भ्यान खाँडादेवी गाउँपालिका–१ राकाथुमको माझी बस्तीमा मंगलबार बिहान ५ बजे दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ ।

रामेछापका प्रवक्ता प्रहरी निरीक्षक टेकेन्द्र पौडेलका अनुसार दुर्घटनामा दोरम्बा गाउँपालिका–२ कि २५ वर्षीया संगीता पहरीको मृत्यु भएको छ भने अर्का एक जना मृतकको परिचय खुल्न बाँकी छ । घाइतेमध्ये २५ जनाको धुलिखेल अस्पताल र ५ जनाको बनेपास्थित शीर मेमोरियल अस्पतालमा उपचार भइरहेको छ ।

१८ चैत्र २०७६, मंगलवार १२:५० मा प्रकाशित

प्रतिकृया दिनुहोस

विशेष

सबै

अमेरिकी पाठ्यक्रममा सच्याइयो बुद्धबारे गलत विवरण

काठमाडौँ । संयुक्त राज्य अमेरिकाको न्यूयोर्क राज्यको माध्यमिक तहका पाठ्यक्रममा शान्तिका अग्रदूत गौतम बुद्ध भारतमा जन्मिएको भनी..

हुम्लाको उत्तरी नाम्खा गाउँपालिका कोरोना मुक्त

हुम्लाको उत्तरी नाम्खा गाउँपालिका आइतबारदेखि कोरोना सङ्क्रमणमुक्त बनेको छ । आइतबार एन्टिजेन विधिबाट गरिएको..

ट्रान्सपरेन्सी इन्टरनेशनलको प्रतिवेदन सरकारद्वारा अस्वीकार

काठमाडौँ । ट्रान्सपरेन्सी इन्टरनेशनलको भ्रष्टाचारसम्बन्धी प्रतिवेदनलाई सरकारले अस्वीकार गरेको छ । यो..

चिनियाँ रक्षामन्त्री आज नेपाल आउँदै

काठमाडौं । चीनका पहिलो नम्बरका स्टेट काउन्सिलर एवं रक्षामन्त्री जनरल वेई फेङ औपचारिक भ्रमणमा आज काठमाडौं आउँदै..

प्रधानमन्त्रीद्वारा सचिवालयमा दाहालको जवाफी प्रस्ताव प्रस्तुत (पूर्णपाठसहित)

काठमाडौं । प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओलीले आफूमाथि लगाएका आरोपबारे लिखित जवाफ दिनुभएको छ..