कोरोना रोक्न सरकारले बनायो ७ कार्यदल, कुनमा कसको नेतृत्व ?

निरोज कुमार थापा, काठमाडौँ, ९ चैत्र । सरकारले कोरोना भाइरस रोग रोकथामको पूर्व तयारी सकिएको भन्दै कार्यान्वयनमा गएको घोषणा गरेको छ । कोरोना रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समितिको शनिबार बसेको बैठकले अब कार्यान्वयनमा जाने निर्णय गरेको हो ।

सरकार प्रवक्ता एवं अर्थ तथा सञ्चारमन्त्री डा. युवराज खतिवडाले पूर्व तयारीको अवधि सकेकाले अब कार्यान्वयनमा जाने निर्णय गरेको जानकारी दिए । मन्त्री खतिवडाकाअनुसार सरकारले होम क्वारेन्टाइनको कार्यान्वयनमा कडाई गर्ने भएको छ । होम तथा सेल्फ आइसोलेसनमा बस्नुपर्नेसमेत नबसेको पाइएपछि सरकारले यसका लागि सुरक्षाकर्मी नै परिचालन गर्ने निर्णय गरेको हो ।

सरकारले गरेका निर्णय कार्यान्वयन गर्न विभिन्न ७ कार्यादलसमेत बनाएको छ ।

कुन मन्त्रीको संयोजनमा कुन कार्यदल ?

१ .पर्यटनमन्त्रीको संयोजनमा क्वारेन्टाइन केन्द्र: स्वास्थ्यमन्त्री र संघीय मामिला मन्त्रिको पनि प्रतिनिधित्व

२.गृहमन्त्रीको संयोजनमा बिरामी व्यवस्थापन टिम

३.संचारमन्त्रीको संयोजनमा संचार समन्वय

४.स्वास्थ्य सामग्री आपूर्तिका लागि

५.विदेशबाट ल्याउनुपर्ने भए परराष्ट्रमन्त्रीको, आपूर्ति गर्नुपर्ने भए उद्योग मन्त्रीको समन्वय

६.कृषिमन्त्रीको संयोजनमा राजनीतिक तथा सामाजिक समन्वय, यसमा उर्जामन्त्री पनि रहने

७. रक्षामन्त्रीको संयोजनमा कार्यन्वयन र अनुगमन टिम

९ चैत्र २०७६, आईतवार १०:३१ मा प्रकाशित

प्रतिकृया दिनुहोस

विशेष

सबै

अमेरिकी पाठ्यक्रममा सच्याइयो बुद्धबारे गलत विवरण

काठमाडौँ । संयुक्त राज्य अमेरिकाको न्यूयोर्क राज्यको माध्यमिक तहका पाठ्यक्रममा शान्तिका अग्रदूत गौतम बुद्ध भारतमा जन्मिएको भनी..

हुम्लाको उत्तरी नाम्खा गाउँपालिका कोरोना मुक्त

हुम्लाको उत्तरी नाम्खा गाउँपालिका आइतबारदेखि कोरोना सङ्क्रमणमुक्त बनेको छ । आइतबार एन्टिजेन विधिबाट गरिएको..

ट्रान्सपरेन्सी इन्टरनेशनलको प्रतिवेदन सरकारद्वारा अस्वीकार

काठमाडौँ । ट्रान्सपरेन्सी इन्टरनेशनलको भ्रष्टाचारसम्बन्धी प्रतिवेदनलाई सरकारले अस्वीकार गरेको छ । यो..

चिनियाँ रक्षामन्त्री आज नेपाल आउँदै

काठमाडौं । चीनका पहिलो नम्बरका स्टेट काउन्सिलर एवं रक्षामन्त्री जनरल वेई फेङ औपचारिक भ्रमणमा आज काठमाडौं आउँदै..

प्रधानमन्त्रीद्वारा सचिवालयमा दाहालको जवाफी प्रस्ताव प्रस्तुत (पूर्णपाठसहित)

काठमाडौं । प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओलीले आफूमाथि लगाएका आरोपबारे लिखित जवाफ दिनुभएको छ..