कोरोनाबाट मृत्यु हुनेको संख्या १० हजार नाघ्यो, चीनभन्दा इटली बढी प्रभावित

काठमाडौँ, ७ चैत्र । कोरोना भाइरस (कोभिड–१९)को संक्रमणबाट मृत्यु हुनेको संख्या १० हजार नाघेको छ । डिसेम्बरको अन्तिम साताबाट फैलिएको कोरोनाले शुक्रबार बिहानसम्म १० हजार ४८ मानिसको मृत्यु भएको हो ।

कोरोनाको उद्गमस्थल चीनमा भन्दा इटलीमा बढी मानिसको मृत्यु भएको छ । चीनमा हालसम्म ३ हजार २४९ मानिसको मृत्यु भएको छ भने इटलीमा ३ हजार ४०५ जनाको मृत्यु भएको छ ।

इटली र चीनपछि इरान बढी प्रभावित छ । इरानमा पछिल्लो २४ घण्टामै १४९ कोरोना संक्रमितको ज्यान गएको छ । योसँगै इरानमा कोरोनबाट ज्यान गुमाउनेको संख्या १ हजार २८४ पुगेको छ । इरानपछि स्पेनमा हालसम्म ८३१ जनाको मृत्यु भएको छ ।

७ चैत्र २०७६, शुक्रबार ०९:२४ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Email Subscription

विशेष

सबै

कोरोना भाइरसका कारण थप २ जनाको मृत्यु

काठमाडौँ, २४ जेठ । कोरोना भाइरसका कारण नेपालमा थप २ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार डोल्पाका पुरुष..

जेठ २५ देखि छोटो दुरी र असार १ देखि लामो दुरीका गाडी चलाउने प्रस्ताव

काठमाडौँ, २४ जेठ । सरकारले एक सयभन्दा कम व्यक्तिमा कोरोना संक्रमण देखिएका जिल्लामा जेठ २५ गतेबाट छोटो दुरीका..

गंगा चौधरीलाई सरिता गिरीको प्रश्न, ‘चीनको इशारामा ममाथि आरोप लगाइएको त होइन ?’

काठमाडौँ, २३ जेठ । सामाजवादी पार्टीकी सांसद सरिता गिरीले सत्तारुढ नेकपाका सांसदले आफ्नो विषयमा संसदमा..

विदेशबाट आउने नेपाली राख्न होटल क्वारेन्टाइन तयार, दिनकै ८ हजारसम्म तिर्नुपर्ने

निरोज थापा, काठमाडौँ, २३ जेठ । विदेशमा रोकिएका नेपालीलाई उद्दार गरि ल्याईएका नेपाली राख्न होटल क्वारेन्टाइन..

विदेशबाट नेपालीको उद्दार गर्न सुरु, २६ जना काठमाडौँ आइपुगे

काठमाडौँ, २३ जेठ । विदेशमा अलपत्र परेका नेपाली नागरिकको उद्दार सुरु भएको छ । सरकारले पहिलो चरणमा म्यानमारबाट २६..