व्यवसायीमाथि आक्रमण गर्ने गायक प्रकाश कटुवाल पुर्पक्षका लागि थुनामा

तनहुँ, १ चैत्र । तनहुँका एक होटल व्यवसायीमाथि आक्रमण गरेको आरोपका दोहोरी गायक प्रकाश कटुवाललाई अदालतले पुर्पक्षका लागि थुनामा पठाएको छ । जिल्ला अदालत तनहुँले शुक्रबार कटुवाललाई थुनामा राख्न आदेश दिएको हो ।

फागुन २ गते कटुवालसहित दुई जनाले होटल डाँफे डुम्रेका सञ्चालक लालकाजी गुरुङमाथि आक्रमण गरेका थिए । व्यवसायी गुरुङकी छोरी सोनिकाले फागुन ५ मा जाहेरी दिएपछि गायक कटुवाल प्रकाउ परेका थिए ।

काठमाडौँबाट पोखरा जाँदा कटुवालकी श्रीमतीले डाँफे होटल अगाडी वान्ता गरेको र त्यही विषयमा सामान्य विवाद भएपछि सोही दिन बेलुका गायक कटुवालसहित दुई जनाले होटलका सञ्चालकमाथि आक्रमण गरेको प्रहरीको भनाई छ । रडले टाउको प्रहार गर्दा गुरुङको टाउकोमा गहिरो चोट लागेपछि तीन दिन पोखरास्थित मणिपाल शिक्षण अस्पतालमा उपचार गरेर थप उपचारको लागि अन्नपुर्ण न्यूरो अस्पताल काठमाडौँ ल्याईएको थियो । १३ दिनको अस्पताल बसाईँपछि गुरुङ हाल घरमै आराम गरिरहेका छन् ।

आक्रमणमा संग्लन भनिएका पोखरा महानगरपालिका–२४ का राजिन बिक भने अझै फरार रहेको प्रहरीले जनाएको छ ।

१ चैत्र २०७६, शनिबार ०९:५७ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Email Subscription

विशेष

सबै

रुकम घटनाको बिषयमा मननिय पक्षहरु

निशब्द भएर नबोलेर बसेका मनहरु रुकुम घटनाले आक्रोसित बनाईदिएको छ।उदाउन नपाउदै अस्ताएको त्यो डाँडामाथिको घामलाई हेर्नेहरुको मनमा..

भारतबाट अब यी नाकाबाट मात्रै नेपाल आउन पाईने

काठमाडौँ, १६ जेठ । सरकारले भारतमा रहेका नेपालीलाई स्वदेश फर्काउन निश्चित नाका मात्रै प्रयोग गर्न भनेको छ ।..

कोरोना संक्रमितको संख्या १२ सय नाघ्यो

काठमाडौँ, १६ जेठ । नेपालमा कोरोना भाइरस संक्रमितको संख्या १ हजा २१२ पुगेको छ । आज थप १७० जनामा संक्रमण पुष्टि..

‘यातयात क्षेत्रलाई बजेटले वेवास्ता गर्नु दुःखद’

काठमाडौँ, १६ जेठ । सरकारले आगामी आर्थिक वर्ष २०७७/०७८ का लागि ल्याएको बजेटमा यातयात क्षेत्रलाई वेवास्ता गरिएको..

प्रदेशमा ९९ अर्ब ८७ करोड बजेट, कुन प्रदेशमा कति ?

काठमाडौँ, १६ जेठ । सरकारले आगामी आर्थिक वर्ष २०७७/०७८ मा ७ वटा प्रदेशलाई समानीकरण, सशर्त, विशेष र समपुर अनुदान..