त्रिभुवन आर्मी आहा रारा गोल्डकपको सेमिफाइनलमा

पोखरा, २७ फल्गुण । नेपाली सेनाको त्रिभुवन आर्मी क्लब पोखरामा जारी आहा रारा गोल्डकप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ । मंगलबार संकटा क्लबलाई ३–० गोल अन्तरले हराएँदै आर्मीले सेमिफाइनमा मनाङ मर्स्याङ्दीसँगको भेट पक्का गरेको हो ।

आर्मीको जितमा सुधिल राइले खेलको १४ औँ मिनेटमा नवयुग श्रेष्ठको पासमा गोल गर्दै अग्रता दिलाएका थिए । नवयुगले खेलको ७० औँ मिनेटमा गोल गर्दै अग्रता दोब्बर बनाए । ७४ औँ मिनेटमा विवेक बस्नेतको गोलले आर्मी ३–० ले अगाडी बढ्यो । तर त्यसपछि कुनै टिमबाट गोल हुन नसकेपछि आमी विजयी भएको हो । नवयुग खेलको म्यान अफ दि म्याच भए ।

योसँगै प्रतियोगितामा क्वाटरफाइनलका खेल सकिएका छन् । सेमिफाइनलमा आर्मीसँगै मनाङ मस्र्याङ्दी, नेपाल पुलिस क्लब र थ्री स्टारले प्रतिस्पर्धा गर्नेछन् । पुलिसले क्वाटरफाइनलमा सहारा क्लब पोखरालाई टाइब्रेकरमा पराजित गर्दै सेमिफाइनल प्रवेश गरेको हो भने साविक विजेता थ्री स्टार भारतीय क्लब गान्टोक सिटी एफसी सिक्किमलाई पराजित गर्दै सेमिफाइनल पुगेको हो ।

पहिलो सेमिफाइनलमा बुधबार पुलिस र थ्री स्टारबीच भिड्दा दोस्रो सेमिफाइनलमा फागुन २९ गते बिहिबार मनाङ र आर्मी भिड्नेछन् ।

२७ फाल्गुन २०७६, मंगलवार १८:१८ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Email Subscription

विशेष

सबै

रुकम घटनाको बिषयमा मननिय पक्षहरु

निशब्द भएर नबोलेर बसेका मनहरु रुकुम घटनाले आक्रोसित बनाईदिएको छ।उदाउन नपाउदै अस्ताएको त्यो डाँडामाथिको घामलाई हेर्नेहरुको मनमा..

भारतबाट अब यी नाकाबाट मात्रै नेपाल आउन पाईने

काठमाडौँ, १६ जेठ । सरकारले भारतमा रहेका नेपालीलाई स्वदेश फर्काउन निश्चित नाका मात्रै प्रयोग गर्न भनेको छ ।..

कोरोना संक्रमितको संख्या १२ सय नाघ्यो

काठमाडौँ, १६ जेठ । नेपालमा कोरोना भाइरस संक्रमितको संख्या १ हजा २१२ पुगेको छ । आज थप १७० जनामा संक्रमण पुष्टि..

‘यातयात क्षेत्रलाई बजेटले वेवास्ता गर्नु दुःखद’

काठमाडौँ, १६ जेठ । सरकारले आगामी आर्थिक वर्ष २०७७/०७८ का लागि ल्याएको बजेटमा यातयात क्षेत्रलाई वेवास्ता गरिएको..

प्रदेशमा ९९ अर्ब ८७ करोड बजेट, कुन प्रदेशमा कति ?

काठमाडौँ, १६ जेठ । सरकारले आगामी आर्थिक वर्ष २०७७/०७८ मा ७ वटा प्रदेशलाई समानीकरण, सशर्त, विशेष र समपुर अनुदान..