महामुर्खको उपाधि मुख्यमन्त्री राउतलाई, फर्सीको टोपीद्वारा सम्मान

जनकपुरधाम, २६ फाल्गुण । जनकपुरधाममा आयोजित महामुर्ख सम्मेलनमा प्रदेश नम्बर २ का मुख्यमन्त्री लालबाबु राउतले महामुर्खको उपाधि जितेका छन् । आफूलाई महामुर्खको उपाधि दिइयोस् भन्ने इच्छाका साथ मुख्यमन्त्री राउतदेखि प्रदेश सभासदस्य, गाउँपालिकाका अध्यक्षसम्म थिए ।

मिथिला नाट्यकला परिषदले प्रत्येक वर्ष आयोजना गर्दै आएको महामुर्ख सम्मेलनमा मुख्यमन्त्री राउतले महामुर्खको उपाधि जितेका हुन् । उनलाई फर्सीको टोपी लगाइदिएर सम्मान गरिएको छ । सम्मेलनमा भभकौवाको उपाधि प्रदेशसभा सदस्य परमेश्वर साह, पटमुर्खको उपाधि प्रदेशसभा सदस्य मनिष सुमन, हराशंकरको उपाधि प्रदेशसभा सदस्य राम आशिष यादव, विलौर शंकरको उपाधि प्रदेशसभा सदस्य रामचन्द्र मण्डलले पाएका छन् ।

जनकपुरमा महामुर्खको उपाधि २२ वर्षदेखि दिइँदै आईएको छ ।

२६ फाल्गुन २०७६, सोमबार १८:३५ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Email Subscription

विशेष

सबै

रुकम घटनाको बिषयमा मननिय पक्षहरु

निशब्द भएर नबोलेर बसेका मनहरु रुकुम घटनाले आक्रोसित बनाईदिएको छ।उदाउन नपाउदै अस्ताएको त्यो डाँडामाथिको घामलाई हेर्नेहरुको मनमा..

भारतबाट अब यी नाकाबाट मात्रै नेपाल आउन पाईने

काठमाडौँ, १६ जेठ । सरकारले भारतमा रहेका नेपालीलाई स्वदेश फर्काउन निश्चित नाका मात्रै प्रयोग गर्न भनेको छ ।..

कोरोना संक्रमितको संख्या १२ सय नाघ्यो

काठमाडौँ, १६ जेठ । नेपालमा कोरोना भाइरस संक्रमितको संख्या १ हजा २१२ पुगेको छ । आज थप १७० जनामा संक्रमण पुष्टि..

‘यातयात क्षेत्रलाई बजेटले वेवास्ता गर्नु दुःखद’

काठमाडौँ, १६ जेठ । सरकारले आगामी आर्थिक वर्ष २०७७/०७८ का लागि ल्याएको बजेटमा यातयात क्षेत्रलाई वेवास्ता गरिएको..

प्रदेशमा ९९ अर्ब ८७ करोड बजेट, कुन प्रदेशमा कति ?

काठमाडौँ, १६ जेठ । सरकारले आगामी आर्थिक वर्ष २०७७/०७८ मा ७ वटा प्रदेशलाई समानीकरण, सशर्त, विशेष र समपुर अनुदान..