आज फागु पूर्णीमा, हिमाली र पहाडी जिल्लामा होली खेलेर मनाईँदै

काठमाडौँ, २६ फाल्गुण । आज फागुन शुक्ल पूर्णिमा अर्थात् फागु (होली पर्व) मनाईँदैछ । आज हिमाली एवं पहाडी जिल्लामा होली मनाईँदैछ । वसन्त ऋतुको आगमनसँगै आपसी मेलमिलाप र सद्भावनाको सन्देश दिन आज फागु पर्व विभिन्न रङ खेली मनाउने चलन छ ।

त्रेता युगमा दैत्यराज हिरण्यकश्यपुले विष्णुभक्त आफ्ना पुत्र प्रह्लादलाई मार्ने उद्देश्यले ब्रह्माबाट आगोले छुन नसक्ने वरदान पाएकी आफ्नी बहिनी होलिकालाई प्रह्लादका साथ दन्किरहेको आगोमा पस्न लगाउँदा होलिका आफैँ भष्म भएकी तर प्रह्लादलाई आगोले छुन नसकेको कथा यो पर्वसँग जोडिएको छ । त्यसै बेलादेखि शक्तिको दुरूपयोग गर्ने होलिका मारिएको उपलक्ष्यमा होली (फागु) खेल्ने परम्परा छ ।

द्वापरयुगमा श्रीकृष्ण भगवानलाई मार्न कंशद्वारा पठाइएकी राक्षसी पुतनाले आफ्नो विष दलिएको स्तन चुसाउन लाग्दा असफल भई मारिइन् । उनलाई व्रजवासीले जलाई फागु महोत्सव मनाउने परम्परा चलेको पनि धर्मग्रन्थमा उल्लेख छ ।

२६ फाल्गुन २०७६, सोमबार ०९:३६ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Email Subscription

विशेष

सबै

रुकम घटनाको बिषयमा मननिय पक्षहरु

निशब्द भएर नबोलेर बसेका मनहरु रुकुम घटनाले आक्रोसित बनाईदिएको छ।उदाउन नपाउदै अस्ताएको त्यो डाँडामाथिको घामलाई हेर्नेहरुको मनमा..

भारतबाट अब यी नाकाबाट मात्रै नेपाल आउन पाईने

काठमाडौँ, १६ जेठ । सरकारले भारतमा रहेका नेपालीलाई स्वदेश फर्काउन निश्चित नाका मात्रै प्रयोग गर्न भनेको छ ।..

कोरोना संक्रमितको संख्या १२ सय नाघ्यो

काठमाडौँ, १६ जेठ । नेपालमा कोरोना भाइरस संक्रमितको संख्या १ हजा २१२ पुगेको छ । आज थप १७० जनामा संक्रमण पुष्टि..

‘यातयात क्षेत्रलाई बजेटले वेवास्ता गर्नु दुःखद’

काठमाडौँ, १६ जेठ । सरकारले आगामी आर्थिक वर्ष २०७७/०७८ का लागि ल्याएको बजेटमा यातयात क्षेत्रलाई वेवास्ता गरिएको..

प्रदेशमा ९९ अर्ब ८७ करोड बजेट, कुन प्रदेशमा कति ?

काठमाडौँ, १६ जेठ । सरकारले आगामी आर्थिक वर्ष २०७७/०७८ मा ७ वटा प्रदेशलाई समानीकरण, सशर्त, विशेष र समपुर अनुदान..