दोस्रो राष्ट्रपति रनिङ शिल्डको उपाधि गौरीशंकर मावि रामेछापलाई

रामेछाप, १७ फाल्गुण । रामेछापको रामेछाप नगरपालिका स्तरीय ‘दोस्रो रास्ट्रपति रनिङ शिल्ड प्रतियोगिता’ गौरीशंकर माविले जितेको छ । नगर भित्रका ११ वटा माध्यमिक विद्यालयले सहभागीता जनाएको प्रतियोगिता शुक्रबारबाट सुरु भएको थियो ।

प्रतियोगीतामा गौरीशंकर माविले २० स्वर्ण, १६ रजत र ८ कास्य गरी कुल ४४ पदक जितेको छ । दोस्रो भएको माध्यमिक विद्यालय भंगेरीले ६ स्वर्ण, ११ रजत र १६ कास्य गरी ३३ पदक हात पार्दा तेस्रो भएको हिमगंगा मावि साँघुटारले ५ स्वर्ण, २ रजत र ५ कास्य गरी १२ पदक जितेको छ ।

भलिबल, कबडी, एथ्लेटिक्स, छात्र÷छात्रा रिले दौड, तेक्वान्दो, हाईजम्प, लङजम्प, त्रीपलजम्प, ज्याभलिङ थ्र , सटपुट लगायतका खेलहरु प्रतियोगीतामा समावेश गराईएको थियो ।

विजयी खेलाडी तथा विद्यालयलाई रामेछाप नगरपालिकाका प्रमुख नर बहादुर थापा मगरलगायतले शिल्ड, मेडल र प्रमाणपत्र प्रदान गरेका छन् ।

१७ फाल्गुन २०७६, शनिबार १८:०२ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Email Subscription

विशेष

सबै

कोरोना रोक्न सरकारले बनायो ७ कार्यदल, कुनमा कसको नेतृत्व ?

निरोज कुमार थापा, काठमाडौँ, ९ चैत्र । सरकारले कोरोना भाइरस रोग रोकथामको पूर्व तयारी सकिएको भन्दै कार्यान्वयनमा गएको घोषणा गरेको छ ।..

देशैभरका अदालत २ हप्ताका लागि बन्द

काठमाडौँ, ७ चैत्र । देशभरका अदालत आगामी २ हप्ताका लागि बन्द भएका छन् । शुक्रबार सर्वोच्च अदालतमा..

राष्ट्रिय सभाले नै मानेन सरकारी निर्णय

निरोज कुमार थापा, काठमाडौँ, ६ चैत्र । राष्ट्रिय सभाले सरकारी निर्णयको अवज्ञा गर्दै बैठक सञ्चालन गरेको छ ।..

एसईई परीक्षा स्थगित

काठमाडौँ, ५ चैत्र । सरकारले विद्यालय शिक्षा परीक्षा (एसईई) स्थगित गर्ने निर्णय गरेको छ । चैत्र ६ गते बिहिबारदेखि..

कुलमानले भने, ‘ग्यासको लाइनमा नबस्नु, बिजुलीबाट खाना पकाउनु’

काठमाडौँ, ४ चैत्र । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बजारमा ग्यास किन्न लाइनमा..