एसीसी इस्टर्न रिजन टि–२०ः मलेसियासँग हार्‍यो नेपाल

काठमाडौँ, १७ फाल्गुण । थाइल्याण्डमा सुरु एसीसी इस्टर्न रिजन टि–२० क्रिकेटको पहिलो खेलमा नेपाल मलेसियासँग २२ रनले पराजित भएको छ । मलेसियाले दिएको १५५ रनको लक्ष्य पछ्याएको नेपालले १९ ओभर ५ बलमा सबै विकेट गुमाएर जम्मा १३२ रन मात्रै बनाउन सक्यो ।

नेपालका लागि कप्तान ज्ञानेन्द्र मल्ल र उपकप्तान दीपेन्द्रसिंह ऐरीले समान ३८÷३८ रन बनाए । पवन सर्राफले १९ रन जोडे । सुरुमै विकेट गुमाएको नेपालका लागि पूर्व कप्तान पारस खड्का र कप्तान ज्ञानेन्द्रले १७ बलमा २१ रनको साझेदारी गरेका थिए । पारस आउट भएपछि ज्ञानेन्द्र र दीपेन्द्रले ६७ रनको साझेदारी गर्दै पारी सम्हाल्ने कोशिस गरेका थिए ।

टस जितेर ब्याटिङ राजेको मलेसियाले २० ओभरमा ६ विकेट गुमाउँदै १५४ रन बनाएको थियो ।

बलिङमा नेपालका सन्दीप लामिछानेले तीन विकेट लिए । टि–ट्वान्टी क्रिकेटमा कीर्तिमानी १०० विकेट पूरा गरेका उनी टि–ट्वान्टी क्रिकेटमा १०० विकेट पूरा गर्ने पहिलो नेपाली खेलाडी हुन् । आजको खेलामा अविनाश बोहोराले दुई विकेट लिए । करण केसीको नाममा एक विकेट रह्यो ।

१७ फाल्गुन २०७६, शनिबार १६:१४ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Email Subscription

विशेष

सबै

कोरोना रोक्न सरकारले बनायो ७ कार्यदल, कुनमा कसको नेतृत्व ?

निरोज कुमार थापा, काठमाडौँ, ९ चैत्र । सरकारले कोरोना भाइरस रोग रोकथामको पूर्व तयारी सकिएको भन्दै कार्यान्वयनमा गएको घोषणा गरेको छ ।..

देशैभरका अदालत २ हप्ताका लागि बन्द

काठमाडौँ, ७ चैत्र । देशभरका अदालत आगामी २ हप्ताका लागि बन्द भएका छन् । शुक्रबार सर्वोच्च अदालतमा..

राष्ट्रिय सभाले नै मानेन सरकारी निर्णय

निरोज कुमार थापा, काठमाडौँ, ६ चैत्र । राष्ट्रिय सभाले सरकारी निर्णयको अवज्ञा गर्दै बैठक सञ्चालन गरेको छ ।..

एसईई परीक्षा स्थगित

काठमाडौँ, ५ चैत्र । सरकारले विद्यालय शिक्षा परीक्षा (एसईई) स्थगित गर्ने निर्णय गरेको छ । चैत्र ६ गते बिहिबारदेखि..

कुलमानले भने, ‘ग्यासको लाइनमा नबस्नु, बिजुलीबाट खाना पकाउनु’

काठमाडौँ, ४ चैत्र । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बजारमा ग्यास किन्न लाइनमा..