प्रचण्ड भन्छन्, ‘राष्ट्रिय सभामा वामदेव, अर्थमन्त्रीमा खतिवडाकै निरन्तरता’

चितवन, १६ फाल्गुण । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रियसभामा पार्टीका उपाध्यक्ष वामदेव गौतम मनोनीत हुने बताएका छन् । प्रेस सङ्गठन नेपाल चितवनले आयोजना गरेको पत्रकार सम्मेलनमा पूर्वप्रधानमन्त्री समेत रहेका प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीले गौतमलाई नै राष्ट्रियसभा सदस्यमा सिफारिस गर्ने बताएका हुन् ।

‘प्रधानमन्त्रीले सिफारिस नगर्ने कुरा म कल्पना गर्दिन उहाँले गर्नुहुन्छ । मैले त्यति बुझेको छु’ प्रचण्डले भने । प्रधानमन्त्रीले गौतमलाई सिफारिस गर्नुभएन भने के हुन्छ भन्ने पत्रकारको जिज्ञासामा प्रचण्डले भने, ‘म अहिले त्यतातिर जानै चाहान्न । उहाँले पार्टी सचिवालयको बैठकले सर्वसम्मत गरेको निर्णयलाई अवज्ञा गर्नुहुन्छ भनेर म कल्पना पनि गर्न सक्दिन । कसैले पनि सक्दैन ।’ आफू र प्रधानमन्त्री एवं पार्टीका अध्यक्ष ओलीको संयुक्त अध्यक्षतामा बसेको सचिवालय बैठकले गौतमलाई सर्वसम्मतरुपमा सिफारिस गर्ने निर्णय भएको दाहालको भनाइ छ ।

अर्थमन्त्री हुन राष्ट्रियसभामा जानैपर्ने बाध्यता नरहेका कारण छ महिनाका लागि राष्ट्रियसभामा नगएरै पनि डा. युवराज खतिवडा अर्थमन्त्रीमा बहाल रहन सक्ने उनको भनाई छ ।

१६ फाल्गुन २०७६, शुक्रबार १२:५८ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Email Subscription

विशेष

सबै

कोरोना रोक्न सरकारले बनायो ७ कार्यदल, कुनमा कसको नेतृत्व ?

निरोज कुमार थापा, काठमाडौँ, ९ चैत्र । सरकारले कोरोना भाइरस रोग रोकथामको पूर्व तयारी सकिएको भन्दै कार्यान्वयनमा गएको घोषणा गरेको छ ।..

देशैभरका अदालत २ हप्ताका लागि बन्द

काठमाडौँ, ७ चैत्र । देशभरका अदालत आगामी २ हप्ताका लागि बन्द भएका छन् । शुक्रबार सर्वोच्च अदालतमा..

राष्ट्रिय सभाले नै मानेन सरकारी निर्णय

निरोज कुमार थापा, काठमाडौँ, ६ चैत्र । राष्ट्रिय सभाले सरकारी निर्णयको अवज्ञा गर्दै बैठक सञ्चालन गरेको छ ।..

एसईई परीक्षा स्थगित

काठमाडौँ, ५ चैत्र । सरकारले विद्यालय शिक्षा परीक्षा (एसईई) स्थगित गर्ने निर्णय गरेको छ । चैत्र ६ गते बिहिबारदेखि..

कुलमानले भने, ‘ग्यासको लाइनमा नबस्नु, बिजुलीबाट खाना पकाउनु’

काठमाडौँ, ४ चैत्र । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बजारमा ग्यास किन्न लाइनमा..