पूर्वराज्यमन्त्री साहलाई ४ वर्ष कैद सजाय

धनुषा, १६ फाल्गुण । पूर्वराज्यमन्त्री सञ्जयकुमार साहविरुद्ध विशेष अदालतले अन्तिम फैसला सुनाएको छ । अदालतले साह विरुद्धको भ्रष्टाचार मुद्दामा ४ वर्ष कैद, १९ करोड ४४ लाख ३८ हजार ९८३ रुपैयाँ ९० पैसा जरिवाना र सोही बराबरको बिगो जफत हुने फैसला सुनाएको हो ।
भ्रष्टाचार र सम्पत्ति शुद्धीकरण मुद्दाको अन्तिम सुनुवाई सम्पन्न भएसँगै विशेष अदालतमा न्यायाधीशहरु कृष्ण गिरी, शान्तिसिंह थापा र चन्द्रबहादुर सारुको इजलासमा अन्तिम सुनुवाइ भएको हो ।

पूर्वराज्यमन्त्री साहविरुद्ध अख्तियारले साढे ३१ करोड र सम्पत्ति शुद्धीकरण विभागले ३२ करोड रुपैयाँ बराबरको भ्रष्टाचार मुद्दा दायर गरेको थियो ।

धनुषा क्षेत्र नम्बर ३ का तत्कालीन सांसद समेत रहेका साहले राज्यमन्त्री रहँदा भ्रष्टाचार गरेको अभियोगमा २०७३ पुस २५ गते अख्तियार र २०७४ साल चैत १६ गते सम्पत्ति शुद्धिकरण विभागले मुद्दा दायर गरेका थिए ।

१६ फाल्गुन २०७६, शुक्रबार ०९:०२ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Email Subscription

विशेष

सबै

कोरोना रोक्न सरकारले बनायो ७ कार्यदल, कुनमा कसको नेतृत्व ?

निरोज कुमार थापा, काठमाडौँ, ९ चैत्र । सरकारले कोरोना भाइरस रोग रोकथामको पूर्व तयारी सकिएको भन्दै कार्यान्वयनमा गएको घोषणा गरेको छ ।..

देशैभरका अदालत २ हप्ताका लागि बन्द

काठमाडौँ, ७ चैत्र । देशभरका अदालत आगामी २ हप्ताका लागि बन्द भएका छन् । शुक्रबार सर्वोच्च अदालतमा..

राष्ट्रिय सभाले नै मानेन सरकारी निर्णय

निरोज कुमार थापा, काठमाडौँ, ६ चैत्र । राष्ट्रिय सभाले सरकारी निर्णयको अवज्ञा गर्दै बैठक सञ्चालन गरेको छ ।..

एसईई परीक्षा स्थगित

काठमाडौँ, ५ चैत्र । सरकारले विद्यालय शिक्षा परीक्षा (एसईई) स्थगित गर्ने निर्णय गरेको छ । चैत्र ६ गते बिहिबारदेखि..

कुलमानले भने, ‘ग्यासको लाइनमा नबस्नु, बिजुलीबाट खाना पकाउनु’

काठमाडौँ, ४ चैत्र । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बजारमा ग्यास किन्न लाइनमा..