मालेका महासचिव मैनाली सवार कार दुर्घटना

बर्दिबास, १५ फाल्गुण । नेकपा (माले)का महासचिव सीपी मैनाली चढेको गाडी दुर्घटनामा परेको छ । बिहीबार दिउँसो झापाबाट काठमाडौं आउँदा बा ४ च २१२० नम्बरको कार विपरीत दिशाबाट आएको ना ४ ख ७६६८ पिकअप भ्यानसँग ठोक्किएर दुर्घटना भएको हो ।

महोत्तरीको बर्दिवास नगरपालिका ३ चिसापानीमा भएको दुर्घटनामा महासचिव मैनाली घाइते भएका छन् । मैनालीसहित ५ जना घाइते भएको र घाइतेमध्ये मैनालीको अवस्था गम्भीर रहेको छ । मैनालीका छोरा सरोज मैनाली, बुहारी पूजा मैनाली, नाति पीएन मैनाली र चालक रामप्रसाद पौडेल घाइते भएका छन् ।
दुर्घटनालगत्तै महासचिव मैनालीसहितका घाइतेहरुलाई उपचारका लागि बर्दिवासमा रहेको जनसेवा अस्पतालमा पु¥याइएको थियो । मैनालीलाई थप उपचारका लागि काठमाडौँ हेलिकोप्टरमार्फत काठमाडौँ ल्याईएको छ ।

१५ फाल्गुन २०७६, बिहीबार १५:३८ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Email Subscription

विशेष

सबै

कोरोना रोक्न सरकारले बनायो ७ कार्यदल, कुनमा कसको नेतृत्व ?

निरोज कुमार थापा, काठमाडौँ, ९ चैत्र । सरकारले कोरोना भाइरस रोग रोकथामको पूर्व तयारी सकिएको भन्दै कार्यान्वयनमा गएको घोषणा गरेको छ ।..

देशैभरका अदालत २ हप्ताका लागि बन्द

काठमाडौँ, ७ चैत्र । देशभरका अदालत आगामी २ हप्ताका लागि बन्द भएका छन् । शुक्रबार सर्वोच्च अदालतमा..

राष्ट्रिय सभाले नै मानेन सरकारी निर्णय

निरोज कुमार थापा, काठमाडौँ, ६ चैत्र । राष्ट्रिय सभाले सरकारी निर्णयको अवज्ञा गर्दै बैठक सञ्चालन गरेको छ ।..

एसईई परीक्षा स्थगित

काठमाडौँ, ५ चैत्र । सरकारले विद्यालय शिक्षा परीक्षा (एसईई) स्थगित गर्ने निर्णय गरेको छ । चैत्र ६ गते बिहिबारदेखि..

कुलमानले भने, ‘ग्यासको लाइनमा नबस्नु, बिजुलीबाट खाना पकाउनु’

काठमाडौँ, ४ चैत्र । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बजारमा ग्यास किन्न लाइनमा..