एमसीसी अध्ययन कार्यदलले बुझायो प्रतिवेदन, नेकपा नेतृत्वलाई संकट

काठमाडौँ, १० फाल्गुण । अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी) अध्ययन कार्यदलले २० दिन लगाएर प्रतिवेदन बुझाएको छ । नेकपाले २० दिन अघि गठन गरेको कार्यदलले शुक्रबार नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डलाई प्रतिवेदन बुझाएको हो ।

कार्यदलले पाएको १० दिनको समय नपुगेपछि थप १० दिनको अवधि लगाएर प्रतिवेदन बुझाएको हो । नेकपाका वरिष्ठ नेता झलनाथ खनालको संयोजकत्वमा गठित कार्यदलमा स्थायी कमिटी सदस्य भीम रावल र परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली छन् ।

कार्यदलका सदस्य भीम रावलले सरकार र एमसीसीबीच भएको सम्झौता र इण्डो प्यासिफिकका सम्बन्धमा विस्तृत अध्ययन गरेर प्रतिवेदन बुझाइएको बताए । उनका अनुसार कार्यदलले एमसीसी सम्बन्धमा नेपाल र एमसीसीबीच भएका सम्झौता नसच्याई अनुमोदन नगर्न सुझाव दिइएको छ ।

अमेरिकाले एमसीसी सम्झौता संशोधनका लागि समय घर्किसकेको भन्दै अहिलेकै अवस्थामा पारित गर्न भनिसकेको छ । तर कार्यदलले संसोधन नगरी संसदबाट अनुमोदन नगर्न दिएपछि पार्टी अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओलीमाथि संकट परेको छ । ओलीले सार्वजनिक मञ्चहरुमा नै कार्यदलले जस्तोसुकै सुझाब दिएपनि संसदबाट एमसीसी अनुमोदन हुने बताउँदै आएका छन् ।

शेरबहादुर देउवा प्रधानमन्त्री भएको बेला नेपालले अमेरिकाबाट करिब ५५ अर्ब रुपैयाँ बराबरको विकास सहायता प्राप्त गर्ने गरी एमसीसी सम्झौतामा हस्ताक्षर भएको थियो । वर्तमान सरकारले उक्त सम्झौतालाई मन्त्रिपरिषदबाट अनुमोदन गरिसकेको छ । संसदबाट पारित हुन बाँकी रहेपनि परियोजनामा अहिलेसम्म १४ अर्ब बराबरको खर्च भइसकेको छ ।

१० फाल्गुन २०७६, शनिबार ०९:२७ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Email Subscription

विशेष

सबै

महाप्रसाद अधिकारी गभर्नरमा नियुक्त

काठमाडौँ, २४ चैत्र । नेपाल राष्ट्र बैंकको गभर्नरमा महाप्रसाद अधिकारी नियुक्त भएका छन् । सोमबारको मन्त्रिपरिषद्को बैठकले..

१९ दिनमा ६१ हजार नेपाली स्वदेश फर्किए, कुन देशबाट कति ?

काठमाडौँ, २४ चैत्र । चैत्र महिना सुरु भएपछि विदेशमा रहेका नेपाली फर्किने क्रम तीब्र बनेको छ । पछिल्लो १९ दिनको..

११ सय बढीको कोरोना परीक्षण, ९९ जना आईसोलेसनमा

काठमाडौँ, १९ चैत्र । स्वास्थ्य मन्त्रालयले १ हजार १३३ जनामा कोरोना भाइरसको परीक्षण गरिएको जनाएको छ ।..

वीर अस्पतालमा मृत्यु भएका दुबैको रिपोर्ट नेगेटिभ

काठमाडौँ, १८ चैत्र । वीर अस्पतालमा मृत्यु भएका दुई जनामा कोरोना भाइरसको संक्रमणको आशंका गरिएपनि उनीहरुको..

कोरोना रोक्न सरकारले बनायो ७ कार्यदल, कुनमा कसको नेतृत्व ?

निरोज कुमार थापा, काठमाडौँ, ९ चैत्र । सरकारले कोरोना भाइरस रोग रोकथामको पूर्व तयारी सकिएको भन्दै कार्यान्वयनमा..