प्रचण्डले भने, ‘राम्रो संकेत देखिएन’

काठमाडौँ, ९ फाल्गुण । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पछिल्लो समय राम्रो संकेत देखिन छाडेको बताएका छन् । आफ्नो हातमा नभएको सत्ता प्राप्त गर्न सक्ने क्षमता कम्युनियष्टहरुले राख्ने तर सत्तामा पुगेपछि कम्युनिष्ट आदर्शबाट विचलित भएका उदाहरण विश्वमा रहेको भन्दै उनले नेपालमा पनि राम्रो संकेत नदेखिएको बताएका हुन् ।

नारायणगोपाल जोशी स्मृति प्रतिष्ठानको भवन शिलान्यास कार्यक्रममा प्रचण्डले पूर्वी युरोपमा कम्युनिष्ट पतन भएको प्रशंगसमेत उल्लेख गरे । पूर्वप्रधानमन्त्री समेत रहेका उनले भने, ‘मैले अहिले नै त्यस्तो भइसक्यो भनेको होइन । मेरो भनाइलाई बढी नबुझियोस् । तर संकेत त्यति राम्रो देखिएन । यसो घटना हेर्‍यो मान्छेहरु त बिग्रिने बिग्रिनेतिर नै लागे जस्तो ।’

९ फाल्गुन २०७६, शुक्रबार १२:२५ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Email Subscription

विशेष

सबै

महाप्रसाद अधिकारी गभर्नरमा नियुक्त

काठमाडौँ, २४ चैत्र । नेपाल राष्ट्र बैंकको गभर्नरमा महाप्रसाद अधिकारी नियुक्त भएका छन् । सोमबारको मन्त्रिपरिषद्को बैठकले..

१९ दिनमा ६१ हजार नेपाली स्वदेश फर्किए, कुन देशबाट कति ?

काठमाडौँ, २४ चैत्र । चैत्र महिना सुरु भएपछि विदेशमा रहेका नेपाली फर्किने क्रम तीब्र बनेको छ । पछिल्लो १९ दिनको..

११ सय बढीको कोरोना परीक्षण, ९९ जना आईसोलेसनमा

काठमाडौँ, १९ चैत्र । स्वास्थ्य मन्त्रालयले १ हजार १३३ जनामा कोरोना भाइरसको परीक्षण गरिएको जनाएको छ ।..

वीर अस्पतालमा मृत्यु भएका दुबैको रिपोर्ट नेगेटिभ

काठमाडौँ, १८ चैत्र । वीर अस्पतालमा मृत्यु भएका दुई जनामा कोरोना भाइरसको संक्रमणको आशंका गरिएपनि उनीहरुको..

कोरोना रोक्न सरकारले बनायो ७ कार्यदल, कुनमा कसको नेतृत्व ?

निरोज कुमार थापा, काठमाडौँ, ९ चैत्र । सरकारले कोरोना भाइरस रोग रोकथामको पूर्व तयारी सकिएको भन्दै कार्यान्वयनमा..