क्रिकेट रंगाशालालाई सन्दीपले दिए १ लाख ४१ हजार

काठमाडौँ, ८ फाल्गुण । नेपाली युवा लेग स्पिनर सन्दीप लामिछानेले निर्माणाधीन गौतम बुद्ध अन्तराष्ट्रिय क्रिकेट रंगशालाका लागि पूर्व घोािष्त सहयोग रकम हस्तान्तरण गरेका छन् । सन्दीप र उनका एजेन्ट तल्हा इसामले गरी कुल १ लाख ४१ हजार ५६८ रुपैयाँ धुर्मुस सुन्तली फाउन्डेसनलाई सहयोग गरेका हुन् ।

सन्दीपले अमेरिका र ओमानविरुद्दको त्रिकोणात्मक सिरिज खेल्नु अघि ती देशविरुद्दको खेलमा आफूले लिने विकेट अनुसार सहयोग गर्ने घोषणा गरेका थिए । उनले एक विकेट बराबर ८ हजार ८४८ रूपैयाँ सहयोगको घोषणा गरेका थिए । सन्दीपले अमेरिकाविरुद्दको पहिलो खेलमा २ र दोस्रो खेलमा ६ विकेटसहित ८ विकेट लिएका थिए ।

सन्दीपले आफ्नो तर्फबाट ७० हजार ७८४ रुपैयाँ र उनका एजेन्ट तल्हा इसामले पनि सोही बराबर रकम दिएका हुन् ।

८ फाल्गुन २०७६, बिहीबार १६:२६ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Email Subscription

विशेष

सबै

महाप्रसाद अधिकारी गभर्नरमा नियुक्त

काठमाडौँ, २४ चैत्र । नेपाल राष्ट्र बैंकको गभर्नरमा महाप्रसाद अधिकारी नियुक्त भएका छन् । सोमबारको मन्त्रिपरिषद्को बैठकले..

१९ दिनमा ६१ हजार नेपाली स्वदेश फर्किए, कुन देशबाट कति ?

काठमाडौँ, २४ चैत्र । चैत्र महिना सुरु भएपछि विदेशमा रहेका नेपाली फर्किने क्रम तीब्र बनेको छ । पछिल्लो १९ दिनको..

११ सय बढीको कोरोना परीक्षण, ९९ जना आईसोलेसनमा

काठमाडौँ, १९ चैत्र । स्वास्थ्य मन्त्रालयले १ हजार १३३ जनामा कोरोना भाइरसको परीक्षण गरिएको जनाएको छ ।..

वीर अस्पतालमा मृत्यु भएका दुबैको रिपोर्ट नेगेटिभ

काठमाडौँ, १८ चैत्र । वीर अस्पतालमा मृत्यु भएका दुई जनामा कोरोना भाइरसको संक्रमणको आशंका गरिएपनि उनीहरुको..

कोरोना रोक्न सरकारले बनायो ७ कार्यदल, कुनमा कसको नेतृत्व ?

निरोज कुमार थापा, काठमाडौँ, ९ चैत्र । सरकारले कोरोना भाइरस रोग रोकथामको पूर्व तयारी सकिएको भन्दै कार्यान्वयनमा..