काँग्रेसले भन्यो, ‘मन्त्री बाँस्कोटालाई बर्खास्त गरियोस्’

काठमाडौँ, ८ फाल्गुण । सेक्युरिटी प्रेस खरिद प्रकरणमा सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बास्कोटाले कमिसनको कुरा गरेको अडियो सार्वजनिक भएपछि प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले उनलाई तत्काल बर्खास्त गर्न माग गरेको छ । एक एजेन्टसँग अश्लिल शब्द बोल्दै उनले कमिसनको कुरा गरेको अडियो सार्वजनिक भएलगत्तै कांग्रेसले विज्ञप्ति जारी गरेर उनलाई मन्त्रीबाट बर्खास्त गरी छानबिन गर्न माग गरेको हो ।

काँग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले एक विज्ञप्ति जारी गरी, ‘सेक्युरिटी प्रिन्टिङ खरिद तयारीसँगै ठूलो रकम अनियमितता तयारी भइरहेको थियो भन्ने अनुमानित विवरण यसअघि नै सार्वजनिक भएका थिए । तर स्वयं सञ्चारमन्त्रीले कमिसनका लागि बार्गेनिङ गरेको अडियो सार्वजनिक भएपश्चात यो अनुमान बलियो ढंगले प्रमाणित भएको छ’ भनिएको छ ।

काँग्रेसले जारी गरेको विज्ञप्तिः

८ फाल्गुन २०७६, बिहीबार १०:३३ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Email Subscription

विशेष

सबै

बुधबार ११४ जना कोरोना संक्रमित थपिए

काठमाडौँ, १४ जेठ । बुधबार एकैदिन थप ११४ जना कोरोना भाइरसका संक्रमित भेटिएका छन् । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ८८६..

जातीय विभेदको पराकाष्ठ रुकुम घटना

कालीकोट घटना:२०६८ सालमा चुलो छोएको निहुँमा कालीकोटमा मन बहादुर सुनारको हत्या भएको थियो । त्यसैगरि नरहरिनाथ..

संविधान संशोधन विधेयक बुधबार पेश हुने

काठमाडौँ, १३ जेठ । संविधान संशोधन विधेयक बुधबार प्रतिनिधिसभामा पेश हुने भएको छ । सरकार र संसद सचिवालय यो विधेयक..

कोरोना संक्रमित भेटिएपछि काठमाडौँको टोखा क्षेत्र सिल

काठमाडौँ, १३ जेठ । काठमाडौँको टोखा नगरपालिकाका दुई व्यक्तिमा कोरोना सङ्क्रमण देखिएको छ । स्वास्थ्य तथा..

प्रधानमन्त्रीले राष्ट्रको नाममा सम्बोधन गर्दै के भने ? (पूर्णपाठ)

काठमाडौँ, १२ जेठ । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रका नाममा सम्बोधन गरेका छन् । कोरोना भाइरसको संक्रमणको..