दाङको हेमन्तपुर–टरिगाउँ सडकको कालोपत्रे ६ महिनामै उक्कियो

रासस, ७ फाल्गुण । दाङको तुलसीपुरस्थित हेमन्तपुर–टरिगाउँ सडकखण्ड कालापत्रे गरेको ६ महिना नपुग्दै उक्किएको छ । कालोपत्रे उक्किएपछि पूर्वाधार विकास कार्यालय दाङले सम्बन्धित निर्माण कम्पनीलाई सडक मर्मतका लागि पत्र पठाएको छ ।

“केही ठाउँमा कालोपत्रे उप्किएको छ, उप्किएको ठाउँमा हामीले मर्मतका लागि पत्र पठाएका छौँ”, कार्यालय प्रमुख वासुदेव भण्डारीले भने, “जाडो मौसममा कालोपत्रे गर्दा त्यो दिगो हुँदैन, पुनः उक्किहाल्छ, त्यसैले जाडो मौसम सकिएसँगै उनीहरुले काम शुरु गर्छन् ।”

प्रदेश नं ५ सरकारको करिब दुई करोड २० लाख लागतमा उक्त सडकखण्डमा कालोपत्रे गरिएको हो । कालोपत्रे उक्किएको खण्ड झरना निर्माण सेवाले कालोपत्रे गरेको हो ।

निर्माण कम्पनीले निर्माण पूरा गरेको एक बर्षभित्र बिग्रियो, भत्कियो भने पुनः सोही कम्पनीले निर्माण गरिदिनुपर्ने नियम अनुसार सोही कम्पनीलाई फेरि कालोपत्रे गरिदिन भनिएको प्रमुखको भनाई छ ।

७ फाल्गुन २०७६, बुधबार १७:३५ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Email Subscription

विशेष

सबै

गंगा चौधरीलाई सरिता गिरीको प्रश्न, ‘चीनको इशारामा ममाथि आरोप लगाइएको त होइन ?’

काठमाडौँ, २३ जेठ । सामाजवादी पार्टीकी सांसद सरिता गिरीले सत्तारुढ नेकपाका सांसदले आफ्नो विषयमा संसदमा आपत्तिजनक अभिव्यक्ति दिएको..

विदेशबाट आउने नेपाली राख्न होटल क्वारेन्टाइन तयार, दिनकै ८ हजारसम्म तिर्नुपर्ने

निरोज थापा, काठमाडौँ, २३ जेठ । विदेशमा रोकिएका नेपालीलाई उद्दार गरि ल्याईएका नेपाली राख्न होटल क्वारेन्टाइन..

विदेशबाट नेपालीको उद्दार गर्न सुरु, २६ जना काठमाडौँ आइपुगे

काठमाडौँ, २३ जेठ । विदेशमा अलपत्र परेका नेपाली नागरिकको उद्दार सुरु भएको छ । सरकारले पहिलो चरणमा म्यानमारबाट २६..

थप ३३४ जनामा कोरोना प्ष्टि, संक्रमितको संख्या २६ सय नाघ्यो

काठमाडौँ, २२ जेठ । नेपालमा आज एकैदिन ३३४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या..

लकडाउन कडाइका साथ लागू गराउने उपत्यकाका सिडिओको निश्कर्ष

काठमाडौँ, २२ जेठ । काठमाडौँ उपत्यकाका ३ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुले कडाइका साथ लकडाउन पालना गराउने..