चिनियाँ दूतावासद्वारा जारी विज्ञप्तिको सम्पादकहरूले गरे भर्त्सना

काठमाडौँ, ७ फाल्गुण । कान्तिपुर पब्लिकेसन्सको अंग्रेजी पत्रिका ‘द काठमान्डु पोष्ट’मा प्रकाशित लेखबारे काठमाडौंस्थित चिनियाँ दूतावासले आपत्तिसहितको विज्ञप्ति जारी गरेपछि सम्पादकहरूले त्यसको भत्सर्ना गरेका छन् । बुधबार एक विज्ञप्ति जारी गर्दै १७ जना सम्पादकले चिनियाँ दूतावासको विज्ञप्तिप्रति ध्यानाकर्षण भएको जनाएका छन् ।

‘प्रेसमा आएका सामग्रीप्रति असहमति राख्ने, त्यसको खण्डन गर्ने व्यक्ति वा संस्थाको अधिकारको हामी सम्मान गर्छौं,’ सम्पादकहरूको विज्ञप्तिमा भनिएको छ, ‘तर कुनै विचार वा समाचार प्रकाशित गरेबापत सम्पादकको नामै उल्लेख गरेर लान्छित गर्ने र धम्की दिने कार्यप्रति हाम्रो असहमति छ। त्यस्तो कार्यको हामी भत्सर्ना गर्छौं। दूतावासको विज्ञप्तिले कूटनैतिक मर्यादा पनि नाघेको हामी स्मरण गराउन चाहन्छौं ।’

चिनियाँ दूतावासले काठमान्डु पोष्टका सम्पादक अनुप काफ्लेले पहिलादेखि नै चीन विरोधी समाचारहरु लेखिरहेको आरोप लगाएको छ ।

यस्तो छ सम्पादकहरुद्वारा जारी विज्ञप्तिः

७ फाल्गुन २०७६, बुधबार १५:४३ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Email Subscription

विशेष

सबै

प्रधानमन्त्रीद्वारा देशबासीका नाममा सम्बोधन (पूर्णपाठसहित)

काठमाडौँ, २६ असार । प्रधानमन्त्री केपी शर्मा ओलीले देशबासीका नाममा सम्बोधन गरेका छन् । शुक्रबार राती देशबासीका नाममा सम्बोधन..

म्याग्दी पहिरोः बेपत्ताहरुको खोजीमा मौसम बाधक, सेनाको हेलिकप्टर जानै सकेन

म्याग्दी, २६ असार । म्याग्दीमा पहिरोमा परी बेपत्ता भएकाको खोजी कार्यमा समस्या भएको छ । धौलागिरि गाउँपालिका–६..

५ लाख पचाउन आर्थिक वर्षको अन्तिममा ३ दिने कार्यक्रम

बारा, २६ असार । असारमा बजेट सक्ने चटारो जताततै देखिएको छ । बाराको महागढीमाई नगरपालिकामा पनि असारे विकास र बजेट..

भारतीय गुप्तचर प्रमुखहरु काठमाडौँमा, कहाँ बस्दैछन् ?

काठमाडौँ, २५ असार । भारतले आफ्ना सुरक्षा र गुप्तचर संस्थाका अधिकारीहरुलाई काठमाडौं पठाएको पाईएको छ । नेपालको..

सिन्धुपाल्चोकमा बाढीः २ जनाको मृत्यु, १८ जना बेपत्ता

रासस, सिन्धुपाल्चोक, २५ असार । अविरल वर्षासँगै गएको पहिरोले सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिकाको जम्बुमा दुई..