८ स्थानीय तह बैंकिङ पहुँच बाहिर

रासस, ६ फाल्गुण । सबै स्थानीय तहमा बैंकिङ पहुँच पु¥याउने सरकारको लक्ष्य करिब–करिब पूरा हुने भएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालू आर्थिक वर्षको गत पुस मसान्तसम्मको विवरणमा अब आठ स्थानीय तहमा मात्रै वाणिज्य बैंकका शाखा खुल्न बाँकी रहेको छ । कूल ७५३ स्थानीय तहमध्ये हालसम्म ७४५ स्थानीय हतमा वाणिज्य बैंकका शाखा खुलेका छन् । केन्द्रीय बैंकका अनुसार प्रदेश नं १ का कूल १३७ स्थानीय तहमध्ये गत पुस मसान्तसम्म १३६ स्थानीय तहमा वाणिज्य बैंकका शाखा खुलेका छन् ।

सो प्रदेशमा एक स्थानीय तहमा मात्रै शाखा खुल्न बाँकी रहेको छ । प्रदेश नं २ का कूल १३६ स्थानीय तहमध्ये अब एक स्थानीय तहमा मात्रै बैंकका शाखा खुल्न बाँकी छ । सङ्घीय राजधानी समेत रहेको वाग्मती प्रदेशका कूल ११९ स्थानीय तहमध्ये ११७ स्थानीय तहमा बैंकका शाखा खुलेका छन् । सो प्रदेशका दुई वटा स्थानीय तहमा बैंकका शाखा खुल्न बाँकी छ । गण्डकी प्रदेशका कूल ८५ स्थानीय तहमध्ये ८४ स्थानीय तहमा बैंकका शाखा खुलेका छन् । अब एक स्थानीय तहमा मात्रै शाखा खुल्न बाँकी छ ।

सबै स्थानीय तहमा बैंकिङ पहुँच पु¥याउनेमा प्रदेश नं ५ अग्रस्थानमा रहेको छ । सो प्रदेशका कूल १०९ वटै स्थानीय तहमा वाणिज्य बैंकका शाखा खुलेका छन् । केन्द्रीय बैंकका अनुसार कर्णाली प्रदेशका कूल ७९ स्थानीय तहमध्ये ७८ तहमा बैंकका शाखा पुगेका छन् । सुदूरपश्चिम प्रदेशका कूल ८८ स्थानीय तहमध्ये ८६ तहमा बैंकका शाखा खुलेका छन् ।

६ फाल्गुन २०७६, मंगलवार १७:३४ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Email Subscription

विशेष

सबै

कोरोना रोक्न सरकारले बनायो ७ कार्यदल, कुनमा कसको नेतृत्व ?

निरोज कुमार थापा, काठमाडौँ, ९ चैत्र । सरकारले कोरोना भाइरस रोग रोकथामको पूर्व तयारी सकिएको भन्दै कार्यान्वयनमा गएको घोषणा गरेको छ ।..

देशैभरका अदालत २ हप्ताका लागि बन्द

काठमाडौँ, ७ चैत्र । देशभरका अदालत आगामी २ हप्ताका लागि बन्द भएका छन् । शुक्रबार सर्वोच्च अदालतमा..

राष्ट्रिय सभाले नै मानेन सरकारी निर्णय

निरोज कुमार थापा, काठमाडौँ, ६ चैत्र । राष्ट्रिय सभाले सरकारी निर्णयको अवज्ञा गर्दै बैठक सञ्चालन गरेको छ ।..

एसईई परीक्षा स्थगित

काठमाडौँ, ५ चैत्र । सरकारले विद्यालय शिक्षा परीक्षा (एसईई) स्थगित गर्ने निर्णय गरेको छ । चैत्र ६ गते बिहिबारदेखि..

कुलमानले भने, ‘ग्यासको लाइनमा नबस्नु, बिजुलीबाट खाना पकाउनु’

काठमाडौँ, ४ चैत्र । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बजारमा ग्यास किन्न लाइनमा..