क्वारेन्टाइनमा राखिएको निगमको जहाज आजबाट उड्ने

काठमाडौँ, ६ फाल्गुण । कोरोना भाइरस प्रभावित चीनको वुहानबाट १७५ जना नेपालीलाई बोकेर ल्याएको नेपाल वायुसेवा निगमको जहाज आज मंगलबारबाट उड्ने भएको छ । निगमको वाइडबडी जहाज मंगलबार राति ९ः५० बजे कतारको दोहा उडान गर्ने भएको हो ।

निगमकी प्रवक्ता अर्चना खड्काका अनुसार वुहानबाट नेपालीलाई उद्दार गरेर ल्याएपछि ४८ घन्टा क्वारेन्टाइनमा राखिएको जहाजको क्वारेन्टाइन अवधि मंगलबार बिहान सकिने र रातिबाट उडाईने छ । उक्त जहाज चीनबाट नेपाली बोकेर आइतबार बिहान ३ः२२ बजे त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा अवतरण गरेको थियो । जहाजका पाइलटसहित टोलिमा रहेका सबै सदस्यलाई चाँगुनारायण नगरपालिकास्थित नगरकोटको खानेपानी तालिम केन्द्रमा बनाईएको क्वारेन्टाइनमा राखिएको छ ।

६ फाल्गुन २०७६, मंगलवार ०९:३० मा प्रकाशित

प्रतिकृया दिनुहोस

Email Subscription

विशेष

सबै

बुधबार ११४ जना कोरोना संक्रमित थपिए

काठमाडौँ, १४ जेठ । बुधबार एकैदिन थप ११४ जना कोरोना भाइरसका संक्रमित भेटिएका छन् । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ८८६..

जातीय विभेदको पराकाष्ठ रुकुम घटना

कालीकोट घटना:२०६८ सालमा चुलो छोएको निहुँमा कालीकोटमा मन बहादुर सुनारको हत्या भएको थियो । त्यसैगरि नरहरिनाथ..

संविधान संशोधन विधेयक बुधबार पेश हुने

काठमाडौँ, १३ जेठ । संविधान संशोधन विधेयक बुधबार प्रतिनिधिसभामा पेश हुने भएको छ । सरकार र संसद सचिवालय यो विधेयक..

कोरोना संक्रमित भेटिएपछि काठमाडौँको टोखा क्षेत्र सिल

काठमाडौँ, १३ जेठ । काठमाडौँको टोखा नगरपालिकाका दुई व्यक्तिमा कोरोना सङ्क्रमण देखिएको छ । स्वास्थ्य तथा..

प्रधानमन्त्रीले राष्ट्रको नाममा सम्बोधन गर्दै के भने ? (पूर्णपाठ)

काठमाडौँ, १२ जेठ । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रका नाममा सम्बोधन गरेका छन् । कोरोना भाइरसको संक्रमणको..