एकदिवसीय बरियतामा नेपालको स्थान सुधार, सन्दिप र करणको छलाङ

काठमाडौँ, ५ फाल्गुण । अन्तराष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) ले सार्वजनिक गरेको नयाँ एकदिवसिय बरियतामा नेपालले एक स्थान सुधार गरेको छ । बरियताअनुसार नेपाल एक स्थान सुधार गर्दै १६ औँ स्थानमा उक्लिएको छ ।

केही दिन अघि नेपालले घरेलु मैदानमा विश्व क्रिकेट लिग–२ मा गरेको प्रदर्शनमा आधारमा स्थान सुधार गरेको हो । लिग २ मा ओमानसँगको दुवै खेल गुमाएको नेपालले अमेरिकासँगको दुवै खेल जितेको थियो ।नामिबिया, युनाइटेड अरब इमिरेटस्, अमेरिका र पपुवा न्युगिनीभन्दा नेपाल अगाडी छ । वरियताको शीर्ष स्थानमा बेलायत, दोस्रोमा भारत, तेस्रोमा न्युजिल्याण्ड, चौथोमा दक्षिण अफ्रिका र पाँचौँमा अष्ट्रेलिया छ ।

आइसीसी विश्व टी २० बरियतामा भने नेपाल १२औँ स्थानमा कायमै छ । नेपालका बलर सन्दिप लामिछाने र करण केसीले पनि आफ्नो बरियतामा सुधार गरेका छन् भने पारस खड्का यथावत छन् । यसअघि ८५औँ स्थानमा रहेका सन्दिप ८४औँ स्थानमा रहँदा ७५औँ स्थानमा रहेका करण ७४औँ स्थानमा छन् ।

अलराउण्डरतर्फ पारस २७औँ स्थानमा र ब्याटिङतर्फ ६२औँ स्थानमा छन् । समोपाल कामी ६५औँ स्थानमा यथावतै छन् ।

५ फाल्गुन २०७६, सोमबार २०:०६ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Email Subscription

विशेष

सबै

महाप्रसाद अधिकारी गभर्नरमा नियुक्त

काठमाडौँ, २४ चैत्र । नेपाल राष्ट्र बैंकको गभर्नरमा महाप्रसाद अधिकारी नियुक्त भएका छन् । सोमबारको मन्त्रिपरिषद्को बैठकले..

१९ दिनमा ६१ हजार नेपाली स्वदेश फर्किए, कुन देशबाट कति ?

काठमाडौँ, २४ चैत्र । चैत्र महिना सुरु भएपछि विदेशमा रहेका नेपाली फर्किने क्रम तीब्र बनेको छ । पछिल्लो १९ दिनको..

११ सय बढीको कोरोना परीक्षण, ९९ जना आईसोलेसनमा

काठमाडौँ, १९ चैत्र । स्वास्थ्य मन्त्रालयले १ हजार १३३ जनामा कोरोना भाइरसको परीक्षण गरिएको जनाएको छ ।..

वीर अस्पतालमा मृत्यु भएका दुबैको रिपोर्ट नेगेटिभ

काठमाडौँ, १८ चैत्र । वीर अस्पतालमा मृत्यु भएका दुई जनामा कोरोना भाइरसको संक्रमणको आशंका गरिएपनि उनीहरुको..

कोरोना रोक्न सरकारले बनायो ७ कार्यदल, कुनमा कसको नेतृत्व ?

निरोज कुमार थापा, काठमाडौँ, ९ चैत्र । सरकारले कोरोना भाइरस रोग रोकथामको पूर्व तयारी सकिएको भन्दै कार्यान्वयनमा..