फुँयालले लिए भौतिक पूर्वाधारमन्त्रीको शपथ

हेटौँडा, ५ फाल्गुण । बागमती प्रदेश सरकारका नवनियुक्त भौतिक पूर्वाधार विकासमन्त्री रामेश्वर फुँयालले शपथ ग्रहण गरेका छन् । फुँयालले सोमबार प्रदेश प्रमुख बिष्णु प्रसाईंसमक्ष पद तथा गोपनीयताको शपथ ग्रहण गरेका हुन् । सपथ आजै लिएपनि उनले पदभारग्रहण भने मंगलबार मात्रै गर्नेछन् ।

मुख्यमन्त्री डोरमणि पौडेलले फुँयाललाई सोमबार मन्त्रीमा नियुक्त गरेका थिए । यसअघिका मन्त्री केशव स्थापित बर्खास्त भएपछि रिक्त रहेको सो मन्त्रालय मुख्यमन्त्री पौडेल आफैँले सम्हाल्दै आएका थिए ।

फुँयाल बागमती प्रदेश स‌ंसदका नेकपाका प्रुमुख सचेतकसमेत हुन् । यसअघि संविधानसभा सदस्यसमेत भइसकेका फुँयाल काठमाडौं निर्वाचन क्षेत्र नम्बर ३ (ख) बाट निर्वाचित प्रदेशसभा सदस्य हुन् ।

५ फाल्गुन २०७६, सोमबार १८:४१ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Email Subscription

विशेष

सबै

कोरोना रोक्न सरकारले बनायो ७ कार्यदल, कुनमा कसको नेतृत्व ?

निरोज कुमार थापा, काठमाडौँ, ९ चैत्र । सरकारले कोरोना भाइरस रोग रोकथामको पूर्व तयारी सकिएको भन्दै कार्यान्वयनमा गएको घोषणा गरेको छ ।..

देशैभरका अदालत २ हप्ताका लागि बन्द

काठमाडौँ, ७ चैत्र । देशभरका अदालत आगामी २ हप्ताका लागि बन्द भएका छन् । शुक्रबार सर्वोच्च अदालतमा..

राष्ट्रिय सभाले नै मानेन सरकारी निर्णय

निरोज कुमार थापा, काठमाडौँ, ६ चैत्र । राष्ट्रिय सभाले सरकारी निर्णयको अवज्ञा गर्दै बैठक सञ्चालन गरेको छ ।..

एसईई परीक्षा स्थगित

काठमाडौँ, ५ चैत्र । सरकारले विद्यालय शिक्षा परीक्षा (एसईई) स्थगित गर्ने निर्णय गरेको छ । चैत्र ६ गते बिहिबारदेखि..

कुलमानले भने, ‘ग्यासको लाइनमा नबस्नु, बिजुलीबाट खाना पकाउनु’

काठमाडौँ, ४ चैत्र । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बजारमा ग्यास किन्न लाइनमा..