अमेरिका पठाइदिन्छु भन्दै ६० लाख ठग्ने पक्राउ

काठमाडौँ, ५ फाल्गुण । अमेरिका पठाईदिने भन्दै ६० लाख रुपैयाँ ठगी गरेको आरोपमा भक्तपुरबाट दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा बागलुङ नगरपालिका–२ पयुँपाटा घर भएका ३४ वर्षीय रामचन्द्र कुँवर र काभ्रेको देउराली गाउँपालिका चौरे घर भएका ३४ वर्षीय गणेश लामा छन् ।

नुवाकोट शिवपुरी गाउँपालिका–३ घर भई हाल काठमाडौं तार्केश्वर नगरपालिका–२ बस्ने ३७ वर्षीया कीसानुमाया लामालाई अमेरिका पठाइदिने भन्दै ६० लाख रुपैयाँ ठगी गरेको आरोपमा उनीहरुलाई पक्राउ गरिएको हो । कीसानुमायालाई रामचन्द्रले प्राइम बैंकमा रहेको आफ्नो खातामा ६० लाख रुपैयाँ रकम राख्न लगाएका थिए ।

खातामा रकम राखिदिएको भोलिपल्टै कुँवरले चावहील, नयाँबानेश्वर, कोटेश्वर, सामाखुसी र इमाडोल शाखाबाट रकम निकालेर सम्पर्कविहीन भएका थिए ।प्रारम्भिक अनुसन्धानका क्रममा कुँवर र लामाले अन्य तीन जनाबाट ७० लाख रुपैयाँ ठगी गरेको पनि खुलेको प्रहरीले जनाएको छ ।

५ फाल्गुन २०७६, सोमबार १६:१६ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Email Subscription

विशेष

सबै

वीर अस्पतालमा मृत्यु भएका दुबैको रिपोर्ट नेगेटिभ

काठमाडौँ, १८ चैत्र । वीर अस्पतालमा मृत्यु भएका दुई जनामा कोरोना भाइरसको संक्रमणको आशंका गरिएपनि उनीहरुको रिपोर्ट नेगेटिभ आएको छ ।..

कोरोना रोक्न सरकारले बनायो ७ कार्यदल, कुनमा कसको नेतृत्व ?

निरोज कुमार थापा, काठमाडौँ, ९ चैत्र । सरकारले कोरोना भाइरस रोग रोकथामको पूर्व तयारी सकिएको भन्दै कार्यान्वयनमा..

देशैभरका अदालत २ हप्ताका लागि बन्द

काठमाडौँ, ७ चैत्र । देशभरका अदालत आगामी २ हप्ताका लागि बन्द भएका छन् । शुक्रबार सर्वोच्च अदालतमा..

राष्ट्रिय सभाले नै मानेन सरकारी निर्णय

निरोज कुमार थापा, काठमाडौँ, ६ चैत्र । राष्ट्रिय सभाले सरकारी निर्णयको अवज्ञा गर्दै बैठक सञ्चालन गरेको छ ।..

एसईई परीक्षा स्थगित

काठमाडौँ, ५ चैत्र । सरकारले विद्यालय शिक्षा परीक्षा (एसईई) स्थगित गर्ने निर्णय गरेको छ । चैत्र ६ गते बिहिबारदेखि..