भ्रमण वर्ष सफल बनाउन रामेछाप महोत्सवः संयोजक रोका

रामेछाप, ५ फाल्गुण । रामेछाप जिल्ला सदरमुकाम मन्थलीमा आयोजना हुने ‘दोस्रो रामेछाप महोत्सव’को तयारी करिब सकिएको छ । ‘नेपाल भ्रमण वर्ष २०२०’ चलिरहेको समयमा आयोजना हुन लागेको ‘दोस्रो रामेछाप कृषि, पर्यटन, सांस्कृतिक तथा औद्योगिक व्यापार महोत्सव’को तयारी करिब अन्तिम चरणमा रहेको महोत्सव संयोजक सोनु कुमार रोकाले जानकारी दिए ।

जिल्लाका पर्यटकीय गन्तव्यहरुको पहिचान, तिनको प्रचार र जिल्लामा उत्पादन हुने हरेक खाले कृषि उपजहरुको बजार विस्तार गर्ने उदेश्यका साथ फागुन ६ गते देखि १५ गतेसम्म आयोजना हुने महोत्सवको वाग्मती प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री कैलाश प्रसाद ढुंगेलले उद्घाटन गर्ने तय भएको संयोजक रोकाले जानकारी दिए ।

‘जिल्लामा उत्पादन हुने कृषि उपजको बजार विस्तार गर्ने र रामेछापको मन्थली विमानस्थललाई सगरमाथा क्षेत्रको उडानका लागि हब बनाउने योजनाका साथ महोत्सवको तयारी गरिएको छ । यस पटकको महोत्सवमा जिल्ला भरीका र बाहिरका सबै उद्योगी व्यवसायीलाई समेटिने छ’ कार्यक्रम संयोजक रोकाले भने । ‘मन्थलीलाई ‘सगरमाथा क्षेत्रको प्रवेशद्वार’का रुपमा विकास गर्न पनि माहोत्सव सफल हुने हाम्रो विश्वास छ’ उनले भने । हाल सगरमाथा क्षेत्रमा जाने पर्यटकको उडान रामेछाप विमानस्थलबाट हुँदै आएको छ ।

महोत्सवको आयोजक रामेछाप उद्योग वाणिज्य संघ, सह–आयोजक सामाजिक सशक्तिकरण नेपाल र मुख्य प्रायोजक मन्थली नगरपालिका छन् । महोत्सवमा विभिन्न जातजातीका झाँकी प्रदर्शनी, जिल्ला भित्रका साना उद्योगीद्धारा उत्पादित बस्तुको प्रदर्शनी, दोलखा र रामेछापको सीमा क्षेत्र शैलुङ्ग क्षेत्रको पर्यटन प्रवद्र्धन गर्न हेलिकप्टरबाट मन्थली–शैलुङ उडान, नुम्बुर चिज सर्किट, पश्चिमी ट्रेल मार्गको वृतचित्र प्रद्धशनी गर्ने लगायतका कार्यक्रम छन् ।

महोत्सव अवधिभरका लागि होटलहरुले १० प्रतिशत छुटको समेत घोषणा गरेका छन् ।

५ फाल्गुन २०७६, सोमबार ०९:१९ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Email Subscription

विशेष

सबै

वीर अस्पतालमा मृत्यु भएका दुबैको रिपोर्ट नेगेटिभ

काठमाडौँ, १८ चैत्र । वीर अस्पतालमा मृत्यु भएका दुई जनामा कोरोना भाइरसको संक्रमणको आशंका गरिएपनि उनीहरुको रिपोर्ट नेगेटिभ आएको छ ।..

कोरोना रोक्न सरकारले बनायो ७ कार्यदल, कुनमा कसको नेतृत्व ?

निरोज कुमार थापा, काठमाडौँ, ९ चैत्र । सरकारले कोरोना भाइरस रोग रोकथामको पूर्व तयारी सकिएको भन्दै कार्यान्वयनमा..

देशैभरका अदालत २ हप्ताका लागि बन्द

काठमाडौँ, ७ चैत्र । देशभरका अदालत आगामी २ हप्ताका लागि बन्द भएका छन् । शुक्रबार सर्वोच्च अदालतमा..

राष्ट्रिय सभाले नै मानेन सरकारी निर्णय

निरोज कुमार थापा, काठमाडौँ, ६ चैत्र । राष्ट्रिय सभाले सरकारी निर्णयको अवज्ञा गर्दै बैठक सञ्चालन गरेको छ ।..

एसईई परीक्षा स्थगित

काठमाडौँ, ५ चैत्र । सरकारले विद्यालय शिक्षा परीक्षा (एसईई) स्थगित गर्ने निर्णय गरेको छ । चैत्र ६ गते बिहिबारदेखि..