लमजुङ दरबारमा प्रहरी पोष्ट

रासस, ५ फाल्गुण । लमजुङ दरबारमा अस्थायी प्रहरी पोष्ट स्थापना भएको छ । बेँसीशहर नगरपालिका र जिल्ला प्रहरी कार्यालयको सहकार्यमा बेँसीशहर नगरपालिका–३ स्थित दरबार परिसरमा अस्थायी प्रहरी पोष्ट स्थापना गरिएको हो ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रवीन्द्रमान गुरुङले ऐतिहासिक लमजुङ दरबार रहेको, धार्मिक महत्व बोकेको ठाउँ भएको र काउलेपानी घरवाससमेत सञ्चालन भएकाले सम्भावित घटनालाई ध्यानमा राखेर अस्थायी पोष्ट स्थापना गरिएको बताए ।

सोह्रौँ शताब्दीमा निर्माण गरिएको लमजुङ दरबार नेपालकै पुरानो दरबार हो । यो दरबार समुद्री सतहदेखि एक हजार ४४५ मिटर उचाइमा छ । शाह वंशीय राज्यकालको उद्गमथलो लमजुङ र त्यसैको विरासत लमजुङ दरबार हो । कास्कीकोटका राजा कुलमण्डलका माइला छोरा कालु शाहलाई लमजुङका खजेदुरालगायतले यहाँ ल्याएर राजा बनाएको इतिहास छ ।

त्यसको केही समयमै लमजुङमा शासनको बागडोर सम्हालेका तत्कालीन घलेराजाका सेनाले कालु शाहको हत्या गरिदिएको ऐतिहासिक कथन छ । सो घटनापछि उनीहरुले नै कुलमण्डलका कान्छा छोरा जशमु शाहलाई पुनः कास्कीकोटबाट ल्याएर राजकाज अघि बढाएका थिए । राजालाई १५ असार रविबारका दिन १५ घडीको सिंह लग्नमा विसंं १५५० मा राजगादी गराएको ऐतिहासिक शिलालेखमा उल्लेख छ ।

त्यसपछि विभिन्न नामका राजाले यो दरबारबाटै लमजुङको बागडोर सम्हालेका थिए । धेरैपछि यशोबह्मा शाह राजा भए । उनको मृत्युपछि उनका जेठा छोरा नरहरि शाह राजा भए । लमजुङको अन्तिम राजा वीर शाह थिए । विसं १८३८ सम्म शाह वंशले लमजुङ दरबारमा राजा भएर राजगद्दी सम्हालेका थिए ।

५ फाल्गुन २०७६, सोमबार ०८:४९ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Email Subscription

विशेष

सबै

प्रधानमन्त्रीद्वारा देशबासीका नाममा सम्बोधन (पूर्णपाठसहित)

काठमाडौँ, २६ असार । प्रधानमन्त्री केपी शर्मा ओलीले देशबासीका नाममा सम्बोधन गरेका छन् । शुक्रबार राती देशबासीका नाममा सम्बोधन..

म्याग्दी पहिरोः बेपत्ताहरुको खोजीमा मौसम बाधक, सेनाको हेलिकप्टर जानै सकेन

म्याग्दी, २६ असार । म्याग्दीमा पहिरोमा परी बेपत्ता भएकाको खोजी कार्यमा समस्या भएको छ । धौलागिरि गाउँपालिका–६..

५ लाख पचाउन आर्थिक वर्षको अन्तिममा ३ दिने कार्यक्रम

बारा, २६ असार । असारमा बजेट सक्ने चटारो जताततै देखिएको छ । बाराको महागढीमाई नगरपालिकामा पनि असारे विकास र बजेट..

भारतीय गुप्तचर प्रमुखहरु काठमाडौँमा, कहाँ बस्दैछन् ?

काठमाडौँ, २५ असार । भारतले आफ्ना सुरक्षा र गुप्तचर संस्थाका अधिकारीहरुलाई काठमाडौं पठाएको पाईएको छ । नेपालको..

सिन्धुपाल्चोकमा बाढीः २ जनाको मृत्यु, १८ जना बेपत्ता

रासस, सिन्धुपाल्चोक, २५ असार । अविरल वर्षासँगै गएको पहिरोले सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिकाको जम्बुमा दुई..