महरा विरुद्दको मुद्दामा फैसला भएन

काठमाडौँ, ४ फाल्गुण । निवर्तमान सभामुख कृष्ण बहादुर महराविरुद्दको बलात्कार प्रयासको मुद्दामा आइतबार पनि फैसला हुन सकेन । काठमाडौं जिल्ला अदालतले उनी विरुद्दको मुद्दामा सोमबार मात्र अन्तिम फैसला सुनाउने भएको छ ।

आइतबार सुनुवाई भएपनि समय अभावले मुद्दालाई हेर्दाहेर्दैमा राखिएको छ । अदालतका श्रेस्तेदार आनन्द श्रेष्ठका अनुसार समय अभावले आज मुद्दालाई हेर्दाहेर्दैमा राखिएको हो । भोली सोमबार अन्तिम फैसला आउने सम्भावना रहेको उनको भनाई छ ।

स‌ंसद सचिवालयकी कर्मचारी रोशनी शाहीमाथि बलात्कार प्रयास गरेको अभियोगमा मुद्दा खेपिरहेका महरा हाल पुर्पक्षका लागि डिल्लीबजार कारागारमा छन् ।

४ फाल्गुन २०७६, आईतवार १८:०३ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Email Subscription

विशेष

सबै

वीर अस्पतालमा मृत्यु भएका दुबैको रिपोर्ट नेगेटिभ

काठमाडौँ, १८ चैत्र । वीर अस्पतालमा मृत्यु भएका दुई जनामा कोरोना भाइरसको संक्रमणको आशंका गरिएपनि उनीहरुको रिपोर्ट नेगेटिभ आएको छ ।..

कोरोना रोक्न सरकारले बनायो ७ कार्यदल, कुनमा कसको नेतृत्व ?

निरोज कुमार थापा, काठमाडौँ, ९ चैत्र । सरकारले कोरोना भाइरस रोग रोकथामको पूर्व तयारी सकिएको भन्दै कार्यान्वयनमा..

देशैभरका अदालत २ हप्ताका लागि बन्द

काठमाडौँ, ७ चैत्र । देशभरका अदालत आगामी २ हप्ताका लागि बन्द भएका छन् । शुक्रबार सर्वोच्च अदालतमा..

राष्ट्रिय सभाले नै मानेन सरकारी निर्णय

निरोज कुमार थापा, काठमाडौँ, ६ चैत्र । राष्ट्रिय सभाले सरकारी निर्णयको अवज्ञा गर्दै बैठक सञ्चालन गरेको छ ।..

एसईई परीक्षा स्थगित

काठमाडौँ, ५ चैत्र । सरकारले विद्यालय शिक्षा परीक्षा (एसईई) स्थगित गर्ने निर्णय गरेको छ । चैत्र ६ गते बिहिबारदेखि..