ए डिभिजन लिगः शेर्पाद्वारा एनआरटी पराजित

काठमाडौँ, २ फाल्गुण । सहिद स्मारक ए डिभिजन लिग फुटबलमा हिमालयन शेर्पा क्लबले न्युरोड टिम (एनआरटी)लाई पराजित गरेको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको लिगको आफ्नो अन्तिम खेलमा शेर्पाले एनआरटीलाई २–१ गोल अन्तरले हराएको हो ।

खेलको ३० औं मिनेटमा राजेश परियारको गोलबाट एनआरटीले अग्रता लिएको थियो । खेलको ४१ औं मिनेटमा शेर्पाका लागि विदेशी खेलाडी स्टेफन समिरले बराबरी गोल फर्काए । पहिलो हाफको इन्जुरी समयमा त्रिदेव गुरुङले गोल गर्दै शेर्पालाई २–१ को अग्रता दिलाए । दोस्रो हाफमा दुवै टिमबाट कुनै पनि गोल हुन नसकेपछि शेर्पा विजयी भएको हो ।

जितपछि १३ खेलबाट १४ अंक जोडेको शेर्पा १० औँ स्थानमा उक्लिएको छ । पराजित एनआरटी १५ अंकसहित आठौं स्थानमा यथावत छ ।

२ फाल्गुन २०७६, शुक्रबार १३:०९ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Email Subscription

विशेष

सबै

महाप्रसाद अधिकारी गभर्नरमा नियुक्त

काठमाडौँ, २४ चैत्र । नेपाल राष्ट्र बैंकको गभर्नरमा महाप्रसाद अधिकारी नियुक्त भएका छन् । सोमबारको मन्त्रिपरिषद्को बैठकले..

१९ दिनमा ६१ हजार नेपाली स्वदेश फर्किए, कुन देशबाट कति ?

काठमाडौँ, २४ चैत्र । चैत्र महिना सुरु भएपछि विदेशमा रहेका नेपाली फर्किने क्रम तीब्र बनेको छ । पछिल्लो १९ दिनको..

११ सय बढीको कोरोना परीक्षण, ९९ जना आईसोलेसनमा

काठमाडौँ, १९ चैत्र । स्वास्थ्य मन्त्रालयले १ हजार १३३ जनामा कोरोना भाइरसको परीक्षण गरिएको जनाएको छ ।..

वीर अस्पतालमा मृत्यु भएका दुबैको रिपोर्ट नेगेटिभ

काठमाडौँ, १८ चैत्र । वीर अस्पतालमा मृत्यु भएका दुई जनामा कोरोना भाइरसको संक्रमणको आशंका गरिएपनि उनीहरुको..

कोरोना रोक्न सरकारले बनायो ७ कार्यदल, कुनमा कसको नेतृत्व ?

निरोज कुमार थापा, काठमाडौँ, ९ चैत्र । सरकारले कोरोना भाइरस रोग रोकथामको पूर्व तयारी सकिएको भन्दै कार्यान्वयनमा..