ट्रम्पले सुकुम्बासी नेदेखुन भनेर मोदीले बनाए पर्खाल

एजेन्सी, १ फाल्गुण । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतको भ्रमण गर्ने भएपछि ट्रम्पले सुकुम्बासी वस्ती नदेखुन् भनेर भारतले रातारात पर्खाल बनाएको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको गृहप्रदेश गुजरातमा सुकुम्वासीलाई लुकाउन पर्खाल निर्माण गरिएको इन्डियन एक्सप्रेसले लेखेको छ । गुजरातको अहदावाद नगर निगमले ट्रंप हिड्नेबाटोको छेउमा पर्ने सुकुम्बासी लुकाउन आधा किलोमिटर लम्बाई र ७ फिट उचाईको पर्खाल बनाईएको हो ।

निगमले सरदार बल्लभभाई पटेल अन्तर्राष्ट्रिय विमानस्थल र इन्दिरा पुलसम्मको बाटोमा पर्खाल लगाएको हो । ट्रम्प र मोदी त्यहि बाटो हुदै भारतले हालै निर्माण सम्पन्न गरेको सबैभन्दा धेरै दर्शक क्षमताको रंगशाला उद्घाटन गर्न जाने कार्यक्रम छ । पर्खाल लगाएर लुकाउन खोजिएको क्षेत्रमा २ हजार ५ सय साना कच्ची घरमा सुकुम्बासी छन् । पर्खाल बनाईएपछि भारतीय कार्टुनिष्ट सतिश आचार्यले कार्टुन मार्फत त्यस माथि ब्यङ्ग गरेका छन् ।

ट्रम्पले फेब्रुअरी २४ र २५ मा भारत भ्रमण गर्न लागेका हुन् ।

१ फाल्गुन २०७६, बिहीबार १४:०५ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Email Subscription

विशेष

सबै

बुधबार ११४ जना कोरोना संक्रमित थपिए

काठमाडौँ, १४ जेठ । बुधबार एकैदिन थप ११४ जना कोरोना भाइरसका संक्रमित भेटिएका छन् । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ८८६..

जातीय विभेदको पराकाष्ठ रुकुम घटना

कालीकोट घटना:२०६८ सालमा चुलो छोएको निहुँमा कालीकोटमा मन बहादुर सुनारको हत्या भएको थियो । त्यसैगरि नरहरिनाथ..

संविधान संशोधन विधेयक बुधबार पेश हुने

काठमाडौँ, १३ जेठ । संविधान संशोधन विधेयक बुधबार प्रतिनिधिसभामा पेश हुने भएको छ । सरकार र संसद सचिवालय यो विधेयक..

कोरोना संक्रमित भेटिएपछि काठमाडौँको टोखा क्षेत्र सिल

काठमाडौँ, १३ जेठ । काठमाडौँको टोखा नगरपालिकाका दुई व्यक्तिमा कोरोना सङ्क्रमण देखिएको छ । स्वास्थ्य तथा..

प्रधानमन्त्रीले राष्ट्रको नाममा सम्बोधन गर्दै के भने ? (पूर्णपाठ)

काठमाडौँ, १२ जेठ । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रका नाममा सम्बोधन गरेका छन् । कोरोना भाइरसको संक्रमणको..