‘ए’ डिभिजन लिग फुटबलः मच्छिन्द्र शीर्ष स्थानमा फर्कियो

काठमाडौँ, २७ माघ । मच्छिन्द्र फुटबल क्लब शहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलको शीर्ष स्थानका उक्लिएको छ । एन्फा कम्प्लेक्स सातदोबाटोमा सोमबार भएको खेलमा संकटा क्लबलाई ३–१ गोलले हराउँदै मच्छिन्द्र शीर्ष स्थानमा उक्लिएको हो ।

मच्छिन्द्रको जितमा देवेन्द्र तामाङ, बिशाल राई ‘बी’ र दिपक राईले गोल गरे । संकटाका मेसौके ओलोउमोउले गोल गरे । मच्छिन्द्रले ४४औं मिनेटमा रन्जित धिमालको कर्नर पासमा देवेन्द्रले हेड मार्फत गरेको गोलमा अग्रता लिएको थियो ।

६४औं मिनेटमा बिशाल राईले फ्रिककमा गोल गर्दै अग्रता दोब्बर बनाए । ८२औं मिनेटमा दिपक राईले रन्जित धिमालकै पासमा गोल गर्दै टिमलाई ३–० को स्थितीमा पुर्याएका थिए । संकटाका मेसौकेले ८९औं मिनेटमा सान्त्वना गोल फर्काएका थिए ।

आजको जितसँगै मच्छिन्द्रले १२ खेलबाट २८ अंक बनाएको छ । दोस्रो स्थानमा रहेको आर्मीको ११ खेलबाट २६ अंक छ । संकटा १५ अंक सहित सातौं स्थानमा छ । लिगको अन्तिम खेलमा मच्छिन्द्र र आर्मी भिड्ने छन् ।

२७ माघ २०७६, सोमबार १९:२७ मा प्रकाशित

प्रतिकृया दिनुहोस

विशेष

सबै

आजबाट मलमास शुरु

काठमाडौं । हिन्दू परम्परा अनुसार आजबाट मलमास शुरु भएको छ । मलमास असोज ३० गते राति १ बजेर ५३ बजेसम्म रहने छ । मलमासमा विवाह, व्रतबन्ध,..

वामदेव गौतम राष्ट्रियसभा सदस्य मनोनित

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रियसभा..

आजदेखि पितृ पक्ष समापन गरिँदै

काठमाडौं । प्रत्येक वर्ष आश्विन कृष्ण प्रतिपदादेखि शुरु भएको पितृ पक्ष अपराह्नकालमा दिवंगत पितृका नाममा तर्पण,..

कांग्रेस महामन्त्री शशांक कोइराला अस्पताल भर्ना

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइराला अस्पताल भर्ना भएका छन् । कोरोना संक्रमण भएपछि होम..

न्याय नपाएपछि बलात्कृत किशोरीले गरिन् आत्महत्या

सप्तरीमा न्याय नपाएपछि एक बलात्कृत किशोरीले आत्महत्या गरेकी छिन् । बलात्कारीहरूविरुद्ध प्रहरीकहाँ उजुरी गर्न..