ए डिभिजन लिग फुटबलः फ्रेन्ड्समाथि एपीएफको सानदार जित

काठमाडौँ, २७ माघ । शहीद स्मारक ए डिभिजन लिग फुटबल अन्तर्गत १२ औं चरणको पहिलो खेलमा सशस्त्र प्रहरीको एपीएफले फ्रेन्ड्स क्लबमाथि जित हात पारेको छ । एन्फा कम्प्लेक्समा भएको खेलमा फ्रेन्ड्सलाई ५–२ ले हराउँदै एपिएफले रेलीगेशनबाट जोगिने संभावना बलियो बनाएको छ ।

एपीएफको जितमा आशिष लामा र प्रविन स्याङतेनले २–२ गोल गर्दा कप्तान टोप बहादुर बिष्टले एक गोल थपे । फ्रेन्ड्सका विश्व अधिकारी र फिलिपे डी सौजाले एक एक गोल गरे । जारी लिगमा एपीएफको यो दोस्रो जित हो ।

जितसँगै एपीएफले १२ खेलमा ८ अंक जोडेको छ ।

२७ माघ २०७६, सोमबार १२:४७ मा प्रकाशित

प्रतिकृया दिनुहोस

विशेष

सबै

साढे ९८ लाख वित्तीय अपराध गरेको अभियोगमा राईविरुद्ध मुद्दा दर्ता

काठमाडौँ । दुबईबाट साढे ९८ लाख रुपैयाँ नेपालमा रूपान्तरण गरी वित्तीय अपराध (सम्पत्ति शुद्धीकरण) गरेको अभियोगमा समीर राईविरुद्ध..

कोरोना सामान्य रोग होइन : क्याप्टेन विजय लामा

काठमाडौं । नेपाल एयरलाइन्सका वरिष्ठ क्याप्टेन विजय लामाले कोरोना संक्रमणलाई सामान्य रुपमा नलिन आग्रह सबैलाई..

राष्ट्रसङ्घलाई सुदृढ र सशक्त बहुपक्षीयताको केन्द्र बनाउनुपर्नेमा प्रधानमन्त्रीको जोड

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वले झेल्नुपरेका जटिल चुनौतीहरुको सामना गर्न संयुक्त..

कोरोना संक्रमणबाट नेपालमा थप १६ जनाको मृत्यु, ११५४ संक्रमित थपिए

काठमाडौँ । पछिल्लो २४ घण्टामा नेपालमा थप १ हजार १५४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना..

हिमचितुवा शेर्पाको निधन

काठमाडौं । विनाअक्सिजन १०औँ पटक सगरमाथा आरोहण गरी विश्व कीर्तिमान कायम राख्न सफल आङ्रिता शेर्पाको निधन भएको छ ।..