आईसीसी विश्वकप लिगः नेपालले ओमानलाई दियो २५० रनको लक्ष्य

काठमाडौँ, २६ माघ । आईसीसी विश्वकप लिग–२ त्रिकोणात्मक सिरीज अन्तर्गतको खेलमा नेपालले ओमानलाई २५० रनको कीर्तिमानी लक्ष्य दिएको छ । आइतबार टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै २४९ रनको योगफल खडा गरेको हो ।

नेपालले ओडीआईमा विपक्षी टिमलाई दिएको यो नै हालसम्मको सर्वाधिक ठूलो लक्ष्य हो । नेपालले गतवर्ष यूएईलाई २४३ रनको लक्ष्य दिएको थियो । नेपालले ओडीआईमा बनाएको यो दोस्रो उच्च योगफल हो । यसअघि यूएईविरुद्ध नै नेपालले २५५ रनको लक्ष्य पुरा गर्दै ऐतिहासिक ओडीआई सिरिज जितेको थिथो ।

आजको खेलमा कप्तान ज्ञानेन्द्र मल्लले ५६ रनको अर्ध शतकीय पारि खेले । ज्ञानेन्द्रले ७६ बलमा ६ चौका र १ छक्का हिर्काए । दोस्रो विकेटका लागि पारस र ज्ञानेन्द्रले ५९ रनको साझेदारी गर्दै इनिङ उकासेका थिए । पारसले ३४ बलमा ६ चौका र १ छक्का प्रहार गरेका पारस ३८ रनमा क्याच आउट भए । पारसपछि दुई बल मात्रै खेलेका दीपेन्द्र सिंह ऐरी शून्य रनमा आउट हुन पुगे ।

ओपनर सुवास खकुरेल ४२ बलमा १ चौकासहित २२ रन बनाएर एलबिडब्लू आउट भए ।

२६ माघ २०७६, आईतवार १३:५२ मा प्रकाशित

प्रतिकृया दिनुहोस

विशेष

सबै

कोरोना सङ्क्रमणबाट दुईको मृत्यु

भरतपुर । कोरोना सङ्क्रमण भई यहाँ उपचाररत दुई जनाको मृत्यु भएको छ । एक जनाको भरतपुर अस्पतालमा र अर्का एकको चितवन मेडिकल कलेजमा..

आजबाट मलमास शुरु

काठमाडौं । हिन्दू परम्परा अनुसार आजबाट मलमास शुरु भएको छ । मलमास असोज ३० गते राति १ बजेर ५३ बजेसम्म रहने छ ।..

वामदेव गौतम राष्ट्रियसभा सदस्य मनोनित

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रियसभा..

आजदेखि पितृ पक्ष समापन गरिँदै

काठमाडौं । प्रत्येक वर्ष आश्विन कृष्ण प्रतिपदादेखि शुरु भएको पितृ पक्ष अपराह्नकालमा दिवंगत पितृका नाममा तर्पण,..

कांग्रेस महामन्त्री शशांक कोइराला अस्पताल भर्ना

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइराला अस्पताल भर्ना भएका छन् । कोरोना संक्रमण भएपछि होम..