ए डिभिजन लिगमा आर्मी शीर्ष स्थानमा फर्कियो

काठमाडौँ, २३ माघ । एपीएफलाई पराजित गर्दै त्रिभुवन आर्मी क्लब पुनः सहिद स्मारक ‘ए’ डिभिजन लिगको शीर्ष स्थानमा फर्किएको छ । सातदोबाटोस्थित एन्फा मैदानमा बिहिबार भएको खेलमा एपिएफलाई २–१ गोल अन्तरले पराजित गर्दै आर्मी शीर्ष स्थानमा फर्केको हो ।

आजै भएको पहिलो खेलमा सरस्वती युथ क्लबलाई ६–१ को फराकिलो गोल अन्तरले हराउँदै मछिन्द्र शीर्ष स्थानमा उक्लेको थियो । तर दोस्रो खेलमा आर्मी विजयी भएपछि मछिन्द्र दोस्रो स्थानमा सिमित बनेको हो । अंकतालिकामा आर्मीको २६ र मछिन्द्रको २५ अंक छ । एक खेल कम खेलेको मनाङ मस्र्याङ्दी क्लबको १९ अंक छ ।

आर्मीका लागि मिडफिल्डर सन्तोषले १६ औं मिनेटमा गोल गर्दै आर्मीलाई अग्रता दिलाएका थिए । कप्तान भरत खवासलाई रमेश दंगालले पेनाल्टी बक्समा लडाएपछि आर्मीले पेनाल्टी पाएको थियो । सन्तोषले प्रहार गरेको पेनाल्टीलाई एपिएफका गोलरक्षक राजु योगीले रोके पनि उनले रिवाउन्डमा गोल गर्न सफल भएका थिए।

खेलको ३७औं मिनेटमा आशिष लामाको गोलबाट एपिएफले बराबरी गरेको थियो । सन्तोषले ४२औं मिनेटमा फ्रिकिकमार्फत गोल गर्दै आर्मीको पक्का गरेका हुन् ।

२३ माघ २०७६, बिहीबार १७:३९ मा प्रकाशित

प्रतिकृया दिनुहोस

विशेष

सबै

गैरआवासीय नेपाली नागरिकता ऐन छिट्टै पारित हुने

लन्डन । संघीय संसद्, कानून, न्याय तथा मानव अधिकार समितिका सभापति कृष्णभक्त पोख्रेलले नेपालको संविधान २०७२ मा उल्लेख गरिएअनुकूल..

यो साता विदेशमा थप एक नेपालको निधन

लन्डन । विश्वव्यापी महामारी कोरोना भाइरस (कोभिड–१९) संक्रमणबाट यो साता विदेशमा थप एकजना नेपालीको ज्यान गएको छ ।..

कर्णाली सरकारले कोभिड सङ्क्रमितको निःशुल्क उपचार गर्ने

काठमाडौं । कर्णाली प्रदेश सरकारले कोभिड –१९ का लक्षणसहितका बिरामीको निःशुल्क परीक्षण तथा उपचार गर्ने भएको छ ।..

घटस्थापनापछि सात दिनमा दुई लाख बढीले छाडे उपत्यका

काठमाडौं । घटस्थापनापछि सात दिनमा दुई लाख बढीले उपत्यका छोडेका छन् । महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार..

प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा राष्ट्रको नाममा सम्बोधन (पूर्णपाठसहित)

आदरणीय दिदीबहिनी तथा दाजुभाइहरू, नेपालीहरुको ठूलो चाड, बडादशैं शुरु भइसकेको छ। यस महान् अवसरमा सर्वप्रथम म..