आइसिसी विश्व क्रिकेट लिगको पहिलो खेलमा नेपालले ओमनको सामना गर्दै

काठमाडौँ, २१ माघ । आइसिसी विश्वकप क्रिकेट लिग अन्तर्गत नेपाली राष्ट्रिय क्रिकेट टिमले ओमनसँग पहिलो खेल खेल्ने भएको छ । लिग अन्तर्गतका दुई प्रतियोगिताको उद्घाटन बुधबार हुँदैछ । कीर्तिपुरस्थित त्रिवि मैदानमा हुने उक्त प्रतियोगितामा सहभागिता जनाउन ओमन र अमेरिकाका टिम नेपाल आइसकेका छन् ।

माघ २९ गतेसम्म चल्ने खेलमा नेपाल, ओमान र अमेरिकाले त्रिकोणात्मक सिरिज खेल्दैछन् । प्रतियोगीतामा नेपालले आफ्नो दोस्रो खेलमा अमेरिकासँग माघ २५ गते खेल्नेछ भने तेस्रो खेलमा नेपालले ओमानसँग माघ २६ गते र अन्तिम खेल अमेरिकासँग माघ २९ खेल्नेछ ।

लिग दुईमा नेपालसहित स्कटल्यान्ड, संयुक्त अरब इमिरेट्स (युएई), नामिबिया, ओमान, पपुवा न्युगिनी र अमेरिका छन् । नेपालबाहेक अन्य राष्ट्रहरुले आफ्नो पहिलो खेल खेलिसकेका छन् । अहिलेसम्म अङ्क तालिकामा अमेरिका शीर्ष स्थानमा छ । आठ खेल खेलेको अमेरिकाले ६ खेल जित्दै १२ अङ्क हात पारेको छ । स्कटल्यान्ड नौ अङ्कसहित दोस्रो स्थानमा रहँदा आठ अङ्क जोडेको नामिबिया तेस्रो स्थानमा छ ।

समान आठ अङ्क नै जोडेको ओमन अङ्क तालिकाको चौथो स्थानमा छ भने सात अङ्क रहेको युएई पाचौ र अङ्कविहीन पपुवा न्युगिनी छैठौ स्थानमा छ । नेपालले भने पहिलो खेल खेल्न लागेको हो ।

२१ माघ २०७६, मंगलवार १४:०० मा प्रकाशित

प्रतिकृया दिनुहोस

विशेष

सबै

राष्ट्रसंघीय महासभालाई प्रधानमन्त्री ओलीले भर्चुअल सम्बोधन गर्ने

काठमाडौ । राष्ट्रसंघको ७५औँ महासभाको उच्चस्तरीय सत्र अमेरिकाको न्यूयोर्कमा आजबाट सुरु भएको छ । महासभामा प्रधानमन्त्री केपी ओली..

आजबाट मलमास शुरु

काठमाडौं । हिन्दू परम्परा अनुसार आजबाट मलमास शुरु भएको छ । मलमास असोज ३० गते राति १ बजेर ५३ बजेसम्म रहने छ ।..

वामदेव गौतम राष्ट्रियसभा सदस्य मनोनित

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रियसभा..

आजदेखि पितृ पक्ष समापन गरिँदै

काठमाडौं । प्रत्येक वर्ष आश्विन कृष्ण प्रतिपदादेखि शुरु भएको पितृ पक्ष अपराह्नकालमा दिवंगत पितृका नाममा तर्पण,..

कांग्रेस महामन्त्री शशांक कोइराला अस्पताल भर्ना

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइराला अस्पताल भर्ना भएका छन् । कोरोना संक्रमण भएपछि होम..