कोरोनाबाट मृत्यु हुनेको संख्या २ सय नाघ्यो, विश्वभर संकटकालको घोषणा

काठमाडौँ, १७ माघ । विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ)ले चीनबाट फैलिएको नयाँ कोरोनाभाइरसको सङ्क्रमणले विश्वव्यापी स्वास्थ्य सङ्कट निम्त्याएको घोषणा गरेको छ ।दुई सय जनाभन्दा बढीको ज्यान लिइसकेको सो सङ्क्रमणलाई विश्वव्यापी सङ्कट घोषणा गर्नुपर्नाको मुख्य कारण चीनबाहिर त्यसको सम्भाव्य फैलावट रहेको डब्लुएचओले बताइएको छ ।

चिनियाँ अधिकारीहरूले उक्त सङ्क्रमणका कारण मृत्यु हुनेको सङ्ख्या २०० नाघेको पुष्टि गरेपछि डब्ल्यूएचओले विश्वव्यापी स्वास्थ्य सङ्कटकाल घोषणा गरेको हो । अहिलेसम्म कम्तीमा २१३ जनाको मृत्युको भएको पुष्टि भइसकेको छ ।

उक्त सङ्क्रमण चीन बाहिर फैलिसके पनि चीन बाहेक अरु देशमा भने कसैको मृत्यु भएको छैन । चीनबाहेक नेपालसहित १८ देशमा ९८ जनामा यो भाइरसको सङ्क्रमण पुष्टि भईसकेको छ ।

यसअघि डब्ल्यूएचओले विभिन्न सङ्क्रमणका घटनामा पाँच पटक विश्वव्यापी स्वास्थ्य सङ्कटकाल घोषणा गरेको थियो।

  • स्वाइन फ्लू, २००९ – सन् २००९ मा फैलिएको एचवनएनवन (H1N1) भाइरसले दुई लाख मानिसको ज्यान लिएको थियो। विश्वले यसको गम्भीरतापूर्वक नियन्त्रण गर्न सकोस् भनेर स्वास्थ्य सङ्कटकाल घोषणा गरियो।
  • पोलियो, २०१४ – सन् २०१२ मा उन्मूलनको सँघारमा पुगेको पोलियोको सङ्क्रमण २०१३ मा बढ्यो। उन्मूलनको प्रयासमा धक्का लाग्न सक्ने ठानिएर सङ्कटकाल घोषणा गरियो।
  • जिका, २०१६ – खासगरी दक्षिण र उत्तर अमेरिकी महादेशमा द्रुत गतिमा फैलिएपछि डब्ल्यूएचओले जनस्वास्थ्य सङ्कटकाल घोषणा गरेको थियो।
  • इबोला, २०१४ र २०१९ – यो सङ्क्रमणलाई लिएर दुई पटक सङ्कटकाल घोषणा गरिएको थियो। पहिलो सङ्क्रमण अवधिमा सन् २०१४ को अगस्टदेखि सन् २०१६ को मार्चसम्म पश्चिम अफ्रीकी देशहरूमा ३०,००० मानिस प्रभावित भए र ११,००० भन्दा धेरैको ज्यान गयो। प्रजातान्त्रिक गणतन्त्र कङ्गोमा फैलिएपछि गत वर्ष पनि सङ्कटकाल घोषणा भयो।

१७ माघ २०७६, शुक्रबार ०९:४७ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Email Subscription

विशेष

सबै

कोरोना रोक्न सरकारले बनायो ७ कार्यदल, कुनमा कसको नेतृत्व ?

निरोज कुमार थापा, काठमाडौँ, ९ चैत्र । सरकारले कोरोना भाइरस रोग रोकथामको पूर्व तयारी सकिएको भन्दै कार्यान्वयनमा गएको घोषणा गरेको छ ।..

देशैभरका अदालत २ हप्ताका लागि बन्द

काठमाडौँ, ७ चैत्र । देशभरका अदालत आगामी २ हप्ताका लागि बन्द भएका छन् । शुक्रबार सर्वोच्च अदालतमा..

राष्ट्रिय सभाले नै मानेन सरकारी निर्णय

निरोज कुमार थापा, काठमाडौँ, ६ चैत्र । राष्ट्रिय सभाले सरकारी निर्णयको अवज्ञा गर्दै बैठक सञ्चालन गरेको छ ।..

एसईई परीक्षा स्थगित

काठमाडौँ, ५ चैत्र । सरकारले विद्यालय शिक्षा परीक्षा (एसईई) स्थगित गर्ने निर्णय गरेको छ । चैत्र ६ गते बिहिबारदेखि..

कुलमानले भने, ‘ग्यासको लाइनमा नबस्नु, बिजुलीबाट खाना पकाउनु’

काठमाडौँ, ४ चैत्र । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बजारमा ग्यास किन्न लाइनमा..