अफगानिस्तानमा तालिवानीको आक्रमण, १३ सैनिक मारिए

एजेन्सी, १५ माघ । अफगानिस्तानमा तालिवानी विद्रोहीको आक्रमणमा परी १३ जनाको मृत्यु भएको छ । उत्तरी प्रान्त कुन्दुजमा आक्रमणमा परी १२ सैनिक र एक प्रहरीको मृत्यु भएको हो ।

‘बुधबार बिहान भएको आक्रमणमा तालिवान लडाकूको एक समूहले साना र ठूला हतियारको प्रयोग गरी आर्ची जिल्लाको सदरमुकाममा आक्रमण गरेका र घटनामा १२ सैनिक र एक प्रहरीको घटनास्थलमा नै मृत्यु भएको छ,’ प्रान्तीय परिषद्का सफिउल्लाह अमिरीलाई उद्धृत गरी स्थानीय सञ्चारमाध्यमले जनाएका छन् । घटनामा आठ सैनिक र चार प्रहरी घाइते भएका छन् ।

आर्चीका जिल्ला प्रमुख नसरूद्दिन नाजारी सादीले घटनामा १५ तालिवानी विद्रोहीको मृत्यु भएको र पाँच लडाकू घाइते भएको दाबी गरेका छन् ।

१५ माघ २०७६, बुधबार १६:५६ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Email Subscription

विशेष

सबै

महाशिवरात्रीमा पशुपतिः चारै ढोका खोलिए, लाखौ भक्तजनको लाइन

काठमाडौँ, ९ फाल्गुण । महाशिवरात्री पर्वका अवसरमा काठमाडौँको पशुपतिनाथ मन्दिरलमा भक्तजनको बिहानैदेखि भीड लागेको छ । आज बिहान बिहान..

मन्त्री बाँस्कोटाले कमिसन माग गरेकोबारे स्वीस दूतावास बोल्यो

काठमाडौँ, ८ फाल्गुण । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले ७४ करोड रुपैयाँ कमिसन मागेको सम्बन्धमा..

मन्त्री बाँस्कोटाबारे बालुवाटारमा छलफल, राजीनामाको सम्भावना कति ?

काठमाडौँ, ८ फाल्गुण । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले कमिशन माग गरेको अडियो रेकर्ड सार्वजनिक..

चिनियाँ दूतावासद्वारा जारी विज्ञप्तिको सम्पादकहरूले गरे भर्त्सना

काठमाडौँ, ७ फाल्गुण । कान्तिपुर पब्लिकेसन्सको अंग्रेजी पत्रिका ‘द काठमान्डु पोष्ट’मा प्रकाशित लेखबारे..

प्रजातन्त्र दिवसमा प्रधानमन्त्रीको शुभकामना, ‘जन्मसिद्ध श्रेष्ठताको शासन प्रणाली सकियो’

काठमाडौँ, ७ फाल्गुण । प्रधानमन्त्री केपी शर्मा ओलीले जन्मसिद्ध श्रेष्ठताको शासन प्रणाली अन्त्य भईसकेको बताएका..