नेकपाको महाधिवेशन अर्को वर्षको चैतमा गर्न प्रस्ताव

काठमाडौँ, १५ माघ । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को महाधिवेशन २०७७ चैत अन्तिममा गर्न प्रस्ताव पेश भएको छ । बुधबार सुरु भएको केन्द्रीय कमिटी बैठकमा अध्यक्षहरु केपी शर्मा ओली र पुष्प कमल दाहाल प्रचण्डले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमा महाधिवेशनको मिति प्रस्ताव गरिएको हो ।

महाधिवेशन २०७७ चैत २५ देखि ३० गतेसम्म र आगामी भदौदेखि मंसिरसम्ममा सबै स्थानीय तह र प्रदेशका अधिवेशन सम्पन्न गर्ने प्रस्ताव समेत पेश भएको केन्द्रीय सदस्य माधव ढुंगेलले जानकारी दिए । महाधिवेशन कति औँ हुने भन्ने खुलाइएको छैन ।

यसअघि तत्कालिन नेकपा एमालेले नवौं र तत्कालिन माओवादीले सातौं महाधिवेशन गरेको थियो ।

१५ माघ २०७६, बुधबार १६:४२ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Email Subscription

विशेष

सबै

कोरोना रोक्न सरकारले बनायो ७ कार्यदल, कुनमा कसको नेतृत्व ?

निरोज कुमार थापा, काठमाडौँ, ९ चैत्र । सरकारले कोरोना भाइरस रोग रोकथामको पूर्व तयारी सकिएको भन्दै कार्यान्वयनमा गएको घोषणा गरेको छ ।..

देशैभरका अदालत २ हप्ताका लागि बन्द

काठमाडौँ, ७ चैत्र । देशभरका अदालत आगामी २ हप्ताका लागि बन्द भएका छन् । शुक्रबार सर्वोच्च अदालतमा..

राष्ट्रिय सभाले नै मानेन सरकारी निर्णय

निरोज कुमार थापा, काठमाडौँ, ६ चैत्र । राष्ट्रिय सभाले सरकारी निर्णयको अवज्ञा गर्दै बैठक सञ्चालन गरेको छ ।..

एसईई परीक्षा स्थगित

काठमाडौँ, ५ चैत्र । सरकारले विद्यालय शिक्षा परीक्षा (एसईई) स्थगित गर्ने निर्णय गरेको छ । चैत्र ६ गते बिहिबारदेखि..

कुलमानले भने, ‘ग्यासको लाइनमा नबस्नु, बिजुलीबाट खाना पकाउनु’

काठमाडौँ, ४ चैत्र । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बजारमा ग्यास किन्न लाइनमा..