सभामुखको बरीयताबारे बाबुरामको आपत्ति

काठमाडौँ, १४ माघ । समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष एव पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले सभामुखको बरीयतामा असन्तुष्टि जनाएका छन् । जनप्रतिनिधिमूलक थलो संसद्को सभामुख नै बरीयतामा तल रहेको भन्दै उनले असन्तुष्टि जनाएका हुन् ।

संसद् आफैंले जन्माउने कार्यकारी प्रमुख प्रधानमन्त्री, सदनले बनाएका संविधान र कानून व्याख्या गर्ने अदालतको प्रधानन्यायाधीशभन्दा सभामुखलाई तलको बरीयतामा राखिएको भन्दै उनले प्रश्न गरे, ‘जन्माउने आमा ठूलो कि बच्चा ठूलो ?’

प्रतिनिधि सभाको आजको बैठकमा बोल्दै उनले संसदले बौद्धिक नेतृत्व पाएको भन्दै सभामुख अग्नि सापकोटाको प्रशंसा समेत गरे । ‘सभामुखप्रति व्यक्तिगतरूपमा पनि प्रसन्नता व्यक्त गर्न चाहन्छु । २०४७ सालपछि २५ वर्षसम्म निकटतामा रहेर काम गर्‍यौं । यहाँका गुणहरू सम्झिन्छु । बौद्धिकता, कामप्रतिको इमान्दारिता र समर्पणले सदनले बौद्धिक नेतृत्व पाएको छ,’ उनले भने ।

१४ माघ २०७६, मंगलवार १५:१८ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Email Subscription

विशेष

सबै

मालेका महासचिव मैनालीको दुर्घटनबारे छानबिन गर्न कार्यदल

काठमाडौँ, १६ फाल्गुण । नेकपा (माले)ले पार्टी महासचिव सिपी मैनाली सवार कार दुर्घटनाबारे छानविन गर्न कार्यदल बनाएको छ । शुक्रबार..

अडियो बाहिर ल्याउने मिश्रविरुद्द बाँस्कोटाले हाले मुद्दा

काठमाडौँ, १६ फाल्गुण । निर्वतमान सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले आफूले कमिसन माग गरेको अडियो..

प्रचण्ड भन्छन्, ‘राष्ट्रिय सभामा वामदेव, अर्थमन्त्रीमा खतिवडाकै निरन्तरता’

चितवन, १६ फाल्गुण । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले..

पूर्वराज्यमन्त्री साहलाई ४ वर्ष कैद सजाय

धनुषा, १६ फाल्गुण । पूर्वराज्यमन्त्री सञ्जयकुमार साहविरुद्ध विशेष अदालतले अन्तिम फैसला सुनाएको छ । अदालतले साह..

मालेका महासचिव मैनाली सवार कार दुर्घटना

बर्दिबास, १५ फाल्गुण । नेकपा (माले)का महासचिव सीपी मैनाली चढेको गाडी दुर्घटनामा परेको छ । बिहीबार दिउँसो झापाबाट..