आस्था राउतले गरिन आत्मसमर्पण

काठमाडौँ, १३ माघ । गायिका आस्था राउतलाई प्रहरीले नियन्त्रणमा लिएको छ । त्रिभुवन विमानस्थलमा कार्यरत प्रहरी जवानमाथि दुर्व्यवहार गरेको आरोपमा उनलाई प्रहरीले नियन्त्रणमा लिएको हो । प्रहरी जवान रमिशा श्रेष्ठले गायिका राउतले आफूमाथि दुर्व्यवहार गरेको उजुरी दिएकी थिइन् ।

महानगरीय प्रहरी परिसर काठमाडौँका प्रवक्ता डिएससपी होविन्द्र बोगटीका अनुसार राउतलाई उनका आफन्तले नै कार्यालयमा उपस्थित गराएका हुन् । ‘प्रहरीलाई सहयोग गर्ने भन्दै उहाँ आफैँ उपस्थित हुनुभएको हो’ बोगटीले भने ।

त्रिभुवन विमानस्थलमा महिला प्रहरीसँग भनाभन भएपछि गायिका राउतले त्यसबारे असन्तुष्टि पोख्दै फेसबुकमार्फत प्रहरीलाई गाली गरेको भिडियो सार्वजनिक गरेकी थिइन् ।

विमानस्थलको सीसीटिभी फुटेज सार्वजनिक भएपछि प्रहरीले राउतमाथि अभद्र व्यवहारको मुद्दा दर्ता गरेको थियो । माघ १३ गते आस्थालाई पक्राउ गर्न जिल्ला प्रशासन कार्यालय काठमाडौँले अनुमती दिएको थियो ।

१३ माघ २०७६, सोमबार १०:०८ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Email Subscription

विशेष

सबै

कोरोना रोक्न सरकारले बनायो ७ कार्यदल, कुनमा कसको नेतृत्व ?

निरोज कुमार थापा, काठमाडौँ, ९ चैत्र । सरकारले कोरोना भाइरस रोग रोकथामको पूर्व तयारी सकिएको भन्दै कार्यान्वयनमा गएको घोषणा गरेको छ ।..

देशैभरका अदालत २ हप्ताका लागि बन्द

काठमाडौँ, ७ चैत्र । देशभरका अदालत आगामी २ हप्ताका लागि बन्द भएका छन् । शुक्रबार सर्वोच्च अदालतमा..

राष्ट्रिय सभाले नै मानेन सरकारी निर्णय

निरोज कुमार थापा, काठमाडौँ, ६ चैत्र । राष्ट्रिय सभाले सरकारी निर्णयको अवज्ञा गर्दै बैठक सञ्चालन गरेको छ ।..

एसईई परीक्षा स्थगित

काठमाडौँ, ५ चैत्र । सरकारले विद्यालय शिक्षा परीक्षा (एसईई) स्थगित गर्ने निर्णय गरेको छ । चैत्र ६ गते बिहिबारदेखि..

कुलमानले भने, ‘ग्यासको लाइनमा नबस्नु, बिजुलीबाट खाना पकाउनु’

काठमाडौँ, ४ चैत्र । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बजारमा ग्यास किन्न लाइनमा..