प्रदेश २ को राजधानी जनकपुर, नामको विवाद यथावत

जनकपुर, १२ माघ । प्रदेश नम्बर २ को स्थायी राजधानी जनकधपुर रहने भएको छ । प्रदेशसभाका सभामुख सरोज कुमार यादव नेतृत्वको संसदीय विशेष समितिले प्रदेशको स्थायी राजधानी जनकपुर राख्ने सहमति गरेको हो ।

प्रदेश राजधानीको सीमा उत्तरमा पूर्वपश्चिम राजमार्गस्थित ढल्केबर, दक्षिणमा भारतीय सीमासम्म तथा पूर्व र पश्चिम परिक्रमा रोड रहने भएको छ । सबै दलको सहमतिमा नै राजधानीको टुंगो लागेको हो । सर्वसम्मत निर्णय भए पनि प्रदेशसभामा मतदान गर्नुपर्ने सभामुख यादवले बताए ।

पर्साका प्रदेशसभा सदस्यहरुले भने वीरगञ्जलाई राजधानी बनाउनुपर्ने भन्दै प्रस्ताव दर्ता गराएका थिए ।

राजधानीबारे सहमति जुटेपनि नामबारे विवाद यथावत छ । प्रदेशको नामबारे सोमबार छलफल हुनेछ । सत्तारुढ समाजवादी र राजपाले संयुक्त रुपमा प्रदेशको नाम ‘मधेश’ प्रस्ताव गरेका छन् भने नेकपाले जानकी र कांग्रेसले मिथिला–भोजपुरा प्रस्ताव गरेको छ ।

१२ माघ २०७६, आईतवार २०:४२ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Email Subscription

विशेष

सबै

राष्ट्रिय सदस्य प्रधानमन्त्री बन्न सक्ने गरी संविधान संशोधनको तयारी

काठमाडौँ, ११ फाल्गुण । सत्तारूढ दल नेकपाले राष्ट्रियसभा सदस्य प्रधानमन्त्री बन्न मिल्ने गरी संविधान संशोधनको गृहकार्य गर्न कमिटी..

काँग्रेसको छाँया मन्त्रिपरिषदको पहिलो बैठक बस्यो, के के भए निर्णय ?

काठमाडौँ, ११ फाल्गुण । नेपाली काँग्रेसले बनाएको छाँया मन्त्रिपरिषदको पहिलो बैठक बसेको छ । बैठकले सबै..

बालुवाटार जग्गा प्रकरणः ३४ जना प्रतिवादीका नाममा उपस्थित हुन म्याद जारी

काठमाडौँ, ११ फाल्गुण । विशेष अदालतले बालुवाटारको सरकारी जग्गा हिनामिना प्रकरणमा १७५ प्रतिवादीमध्ये ३४ जनालाई..

प्रचण्डले भने, ‘गल्ती गर्नेलाई पार्टीले छुट दिँदैन’

चितवन, १० फाल्गुण । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गल्ती गर्नेले..

महाशिवरात्रीमा पशुपतिः चारै ढोका खोलिए, लाखौ भक्तजनको लाइन

काठमाडौँ, ९ फाल्गुण । महाशिवरात्री पर्वका अवसरमा काठमाडौँको पशुपतिनाथ मन्दिरलमा भक्तजनको बिहानैदेखि भीड..