पर्यटक आगमन झिनो संख्यामा वृद्धि, २०१९ मा भित्रिए ११ लाख ९७ हजार

निरोज कुमार थाप, काठमाडौँ, १२ माघ । सन् २०१९ मा ११ लाख ९७ हजार १९१ जना विदेशी पर्यटकले नेपाल भ्रमण गरेका छन् । यो संख्या सन् २०१८ को तुलनामा २.०५ प्रतिशतले बढी हो । सन् २०१८ मा ११ लाख ७३ हजार ७२ जना विदेशी पर्यटक नेपाल आएका थिए ।

सन् २०२० मा २० लाख पर्यटक भित्र्याउने उदेश्यका साथ मनाउन लागिएको ‘नेपाल भ्रमण वर्ष’ का यो शुभ संकेत नभएको पर्यटन विद्हरुको बुझाई छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र नेपाल पर्यटन बोर्डले १५ लाखभन्दा बढी विदेशी पर्यटकले २०१९ मा नेपाल भ्रमण गर्ने दाबी गरेपनि उक्त लक्ष्य पूरा हुन सकेन । अघिल्लो वर्षको तुलनामा झिनो संख्यामा मात्रै पर्यटक आगमन बढेपछि भ्रमण वर्षमा २० लाख पर्यटक ल्याउन थप कठिनाई देखिएको हो ।

वर्ष २०१९ मा आएका पर्यटकको संख्या हेर्दा पर्यटन रणनीति २०१६–२०२५, भिजन २०२० र नेपाल वर्ष भ्रमण २०२० ले अपेक्षा गरे अनुसार पर्यटन बजार विस्तार हुन नसकेको जानकारहरुको बुझाई छ ।

१२ माघ २०७६, आईतवार ०९:४५ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Email Subscription

विशेष

सबै

राष्ट्रिय सदस्य प्रधानमन्त्री बन्न सक्ने गरी संविधान संशोधनको तयारी

काठमाडौँ, ११ फाल्गुण । सत्तारूढ दल नेकपाले राष्ट्रियसभा सदस्य प्रधानमन्त्री बन्न मिल्ने गरी संविधान संशोधनको गृहकार्य गर्न कमिटी..

काँग्रेसको छाँया मन्त्रिपरिषदको पहिलो बैठक बस्यो, के के भए निर्णय ?

काठमाडौँ, ११ फाल्गुण । नेपाली काँग्रेसले बनाएको छाँया मन्त्रिपरिषदको पहिलो बैठक बसेको छ । बैठकले सबै..

बालुवाटार जग्गा प्रकरणः ३४ जना प्रतिवादीका नाममा उपस्थित हुन म्याद जारी

काठमाडौँ, ११ फाल्गुण । विशेष अदालतले बालुवाटारको सरकारी जग्गा हिनामिना प्रकरणमा १७५ प्रतिवादीमध्ये ३४ जनालाई..

प्रचण्डले भने, ‘गल्ती गर्नेलाई पार्टीले छुट दिँदैन’

चितवन, १० फाल्गुण । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गल्ती गर्नेले..

महाशिवरात्रीमा पशुपतिः चारै ढोका खोलिए, लाखौ भक्तजनको लाइन

काठमाडौँ, ९ फाल्गुण । महाशिवरात्री पर्वका अवसरमा काठमाडौँको पशुपतिनाथ मन्दिरलमा भक्तजनको बिहानैदेखि भीड..