पर्यटन बोर्डको सिइओ र एनएसीको अध्यक्ष तत्काल नियुक्त गर्न मन्त्री भट्टराईको ध्यानाकर्षण

निरोज कुमार थापा, काठमाडौँ, १० माघ । निजी क्षेत्रका व्यवसायीक संघ संगठनहरुले संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगश भट्टराईलाई पर्यटन बोर्डको प्रमुख कार्यकारी अधिकृत र नेपाल एयरलाइन्सको कार्यकारी अध्यक्ष नियुक्तिमा ढिलाई नगर्न ध्यानाकर्षण गराएका छन् ।

ट्रेकिङ एजेन्सिज् एसोसियसन अफ नेपाल (टान) का अध्यक्ष खुम बहादुर खुबेदीले बोर्डको सिइओ नियुक्तिमा ढिलाई नगर्न आग्रह गरे । सीईओ नियुक्तिमा ढिलाई भएपछि पर्यटनको प्रचार गर्ने मुख्य निकाय नै कार्यकारी बिहिन हुँदा भ्रमण वर्ष नै प्रभावित हुने भन्दै अध्यक्ष सुवेदीले मन्त्री भट्टराईको ध्यानाकर्षण गराएका हुन् । नेपाल वायु सेवा निगमका अध्यक्ष मदन खरेलले राजीनामा दिएपछि रिक्त रहेको कार्यकारी अध्यक्षको पद पनि यथाशिघ्र पूर्ती गर्न उनले आग्रह गरेका छन् ।

नाट्टाका अध्यक्ष अच्युत गुरागाँई , हानका वरिष्ठ उपाध्यक्ष विनायक शाहलगायतले पर्यटन प्रवद्र्धन गर्ने निकायहरु कार्यकारी बिहिन अवस्थामा रहेको भन्दै मन्त्री भट्टराईसँग यथाशीघ्र पदपूर्ती गर्न आग्रह गरेका छन् ।

१० माघ २०७६, शुक्रबार ०९:३३ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Email Subscription

विशेष

सबै

राष्ट्रिय सदस्य प्रधानमन्त्री बन्न सक्ने गरी संविधान संशोधनको तयारी

काठमाडौँ, ११ फाल्गुण । सत्तारूढ दल नेकपाले राष्ट्रियसभा सदस्य प्रधानमन्त्री बन्न मिल्ने गरी संविधान संशोधनको गृहकार्य गर्न कमिटी..

काँग्रेसको छाँया मन्त्रिपरिषदको पहिलो बैठक बस्यो, के के भए निर्णय ?

काठमाडौँ, ११ फाल्गुण । नेपाली काँग्रेसले बनाएको छाँया मन्त्रिपरिषदको पहिलो बैठक बसेको छ । बैठकले सबै..

बालुवाटार जग्गा प्रकरणः ३४ जना प्रतिवादीका नाममा उपस्थित हुन म्याद जारी

काठमाडौँ, ११ फाल्गुण । विशेष अदालतले बालुवाटारको सरकारी जग्गा हिनामिना प्रकरणमा १७५ प्रतिवादीमध्ये ३४ जनालाई..

प्रचण्डले भने, ‘गल्ती गर्नेलाई पार्टीले छुट दिँदैन’

चितवन, १० फाल्गुण । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गल्ती गर्नेले..

महाशिवरात्रीमा पशुपतिः चारै ढोका खोलिए, लाखौ भक्तजनको लाइन

काठमाडौँ, ९ फाल्गुण । महाशिवरात्री पर्वका अवसरमा काठमाडौँको पशुपतिनाथ मन्दिरलमा भक्तजनको बिहानैदेखि भीड..