थ्रीस्टार सहिद स्मारक ‘ए’ डिभिजन लिगको तेस्रो स्थानमा

काठमाडौँ, ९ माघ । थ्रीस्टार क्लब सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलको तेस्रो स्थानमा उक्लिएको छ । दशरथ रंगशालामा आज भएको खेलमा थ्रीस्टारले हिमालयन शेर्पा क्लबलाई ३–१ गेलले हराएको हो ।

थ्रीस्टारको जितमा सुशील राईले छैटौं मिनेटमा गोल गर्दै अग्रता दिलाए । सन्जोग राईले पहिलो हापको इन्जुरी समयमा दोस्रो गोल गरेका थिए । तेस्रो गोल ५० औं मिनेटमा विदेशी खेलाडी वासिउ ओलानडिरान हजमतले गरेका थिए । हिमालयनका लागि स्टेफेन समिरले पहिलो हाफको इन्जुरी समयमा एक गोल गरेका थिए । त्यसपछि कुनै गोल थप्न नसक्दा हिमालयनले हार ब्यहोरेको हो ।

आजको जितसँगै थ्रीस्टारले आठ खेलबाट १४ अंक जोडेको छ । सात अंक भएको हिमालयन शेर्पा ११ औं स्थानमा छ । शीर्ष स्थानमा रहेको आर्मीको सात खेलबाट १६ अंक छ । दोस्रो स्थानमा रहेको मच्छिन्द्रको आठ खेलबाट १६ अंक छ भने सात खेल खेलेको मनाङ १३ अंकसहित चौथो स्थानमा छ ।

९ माघ २०७६, बिहीबार १५:१३ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Email Subscription

विशेष

सबै

राष्ट्रिय सदस्य प्रधानमन्त्री बन्न सक्ने गरी संविधान संशोधनको तयारी

काठमाडौँ, ११ फाल्गुण । सत्तारूढ दल नेकपाले राष्ट्रियसभा सदस्य प्रधानमन्त्री बन्न मिल्ने गरी संविधान संशोधनको गृहकार्य गर्न कमिटी..

काँग्रेसको छाँया मन्त्रिपरिषदको पहिलो बैठक बस्यो, के के भए निर्णय ?

काठमाडौँ, ११ फाल्गुण । नेपाली काँग्रेसले बनाएको छाँया मन्त्रिपरिषदको पहिलो बैठक बसेको छ । बैठकले सबै..

बालुवाटार जग्गा प्रकरणः ३४ जना प्रतिवादीका नाममा उपस्थित हुन म्याद जारी

काठमाडौँ, ११ फाल्गुण । विशेष अदालतले बालुवाटारको सरकारी जग्गा हिनामिना प्रकरणमा १७५ प्रतिवादीमध्ये ३४ जनालाई..

प्रचण्डले भने, ‘गल्ती गर्नेलाई पार्टीले छुट दिँदैन’

चितवन, १० फाल्गुण । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गल्ती गर्नेले..

महाशिवरात्रीमा पशुपतिः चारै ढोका खोलिए, लाखौ भक्तजनको लाइन

काठमाडौँ, ९ फाल्गुण । महाशिवरात्री पर्वका अवसरमा काठमाडौँको पशुपतिनाथ मन्दिरलमा भक्तजनको बिहानैदेखि भीड..