उखु किसानको बक्यौता नतिर्ने चिनी मिलको बैंक खाता रोक्का

काठमाडौँ, ९ माघ । उखु किसानको बक्यौता नतिर्ने चिनी मिलहरुको बैंक खाता रोक्का भएको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले बक्यौता तिर्न बाँकी रहेका चिनी मिलहरुको बैंक खाता रोक्का गर्न नेपाल राष्ट्र बैंकलाई पत्राचार गरेको हो ।

मन्त्रालयका अनुसार अन्नपूर्ण सुगर मिलले किसानलाई ३८ करोड भुक्तानी गर्न बाँकि छ । इन्दिराले ७४ लाख भुक्तानी गरेपनि बाँकि बक्यौता कति हो खुल्न सकेको छैन । लुम्बिनी भने सम्पर्क मै नरहेको मन्त्रालयले जनाएको छ ।

बाबा बैजुनाथ चिनी मिल, बागमती खाडसारी चिनी मिल र महाकाली चीनी मिल पनि सम्पर्कमा आएका छैनन् । बागमतीको बक्यौता ८ करोड ४१ लाख र महाकालीले ६२ हजार दिन बाँकि छ । बाबा बैजुनाथको बक्यौता रकम अझै खुल्न सकेको छैन । श्री राम सुगर मिलले भने २६ करोड ७७ लाख दिन किसानसँग सम्झौता गरिसकेको छ । त्यस्तै मन्त्रालयले आफुले दिनु पर्ने अनुदान वापतको रकम निकासाको लागि सरोकारवालासँग समन्वय गर्ने निर्णय गरेको छ ।

किसानलाई पुरै रकम भुक्तानी गरिसकेका उद्योगहरुः

९ माघ २०७६, बिहीबार ०८:४७ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Email Subscription

विशेष

सबै

राष्ट्रिय सदस्य प्रधानमन्त्री बन्न सक्ने गरी संविधान संशोधनको तयारी

काठमाडौँ, ११ फाल्गुण । सत्तारूढ दल नेकपाले राष्ट्रियसभा सदस्य प्रधानमन्त्री बन्न मिल्ने गरी संविधान संशोधनको गृहकार्य गर्न कमिटी..

काँग्रेसको छाँया मन्त्रिपरिषदको पहिलो बैठक बस्यो, के के भए निर्णय ?

काठमाडौँ, ११ फाल्गुण । नेपाली काँग्रेसले बनाएको छाँया मन्त्रिपरिषदको पहिलो बैठक बसेको छ । बैठकले सबै..

बालुवाटार जग्गा प्रकरणः ३४ जना प्रतिवादीका नाममा उपस्थित हुन म्याद जारी

काठमाडौँ, ११ फाल्गुण । विशेष अदालतले बालुवाटारको सरकारी जग्गा हिनामिना प्रकरणमा १७५ प्रतिवादीमध्ये ३४ जनालाई..

प्रचण्डले भने, ‘गल्ती गर्नेलाई पार्टीले छुट दिँदैन’

चितवन, १० फाल्गुण । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गल्ती गर्नेले..

महाशिवरात्रीमा पशुपतिः चारै ढोका खोलिए, लाखौ भक्तजनको लाइन

काठमाडौँ, ९ फाल्गुण । महाशिवरात्री पर्वका अवसरमा काठमाडौँको पशुपतिनाथ मन्दिरलमा भक्तजनको बिहानैदेखि भीड..