उपसभामुखको दौडमा काँग्रेस र राजपा, कसको सम्भावना बलियो ?

निरोज कुमार थापा, काठमाडौँ, ८ माघ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अग्नि सापकोटा सभामुखका एक्ला उम्मेद्वार बनेसँगै उपसभामुखको चर्चा सुरु भएको छ । अरु दलले सभामुखमा उम्मेदवारी नदिएपछि सापकोटा निर्विरोध सभामुख बन्ने भएका छन् । माघ १२ गते सापकोटा औपचारिक रुपमा सभामुख घोषणा हुनेछन् ।

उपसभामुखका लागि प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेस र राष्ट्रिय जनता पार्टी (राजपा) नेपालले दाबेदारी गरिरहेका छन् । पुस २ गते नेकपा र राजपाबीच राष्ट्रिय सभा निर्वाचनमा सहकार्य गर्ने सहमति भएसँगै उपसभामुखमा नेकपाले राजपालाई सघाउने अनुमान गरिएको छ । सभामुखको उम्मेदवारी दर्तामा सापकोटाको समर्थकमा राजपा नेता लक्ष्मणलाल कर्ण छन् । यसले पनि उपसभामुख राजपाले पाउने आँकलन गरिएको हो ।

राजपाका महासचिव केशव झा पुस २ गते भएको सहमति राष्ट्रिय सभा निर्वाचनको लागि मात्रै भएको र उपसभामुखको बारेमा कुनै छलफल नभएको बताउँछन् । तर छलफल हुन सक्ने उनको भनाई छ । नेकपा संसदीय दलका प्रमुख सचेतक देव गुरुङले पनि नेकपाले उपसभामुखमा कसलाई सघाउने भन्नेबारे निर्णय गरि नसकेको बताउँछन् । राजपाले उपसभामुख पाउने अवस्थामा आएका कसलाई उम्मेद्वार बनाउने भन्नबारे पनि आन्तरिक छलफल सुरु भएको छ । राजपाभित्र उपसभामुखको उम्मेदवारको रुपमा चन्दा चौधरी र अमृता अग्रहरीको नाम अगाडी छ ।

काँग्रेसले पनि उससभामुखमा आफ्नो दाबी प्रस्तुत गरिरहेको छ । सभामुखमा उम्मेदवारी नदिएको काँग्रेसले उपसभामुख आफ्नो पार्टीले पाउनुपर्ने बताइरहेको छ । नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग मंगलबार नेपाली काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले भेट गरी उपसभामुखमा काँग्रेसलाई समर्थन गर्न आग्रह गरेका छन् ।

सभामुख र उपसभामुख फरक–फरक दल र फरक–फरक लिङ्गको हुनुपर्ने संवैधानिक प्रावधान छ ।

८ माघ २०७६, बुधबार १३:२४ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Email Subscription

विशेष

सबै

राष्ट्रिय सदस्य प्रधानमन्त्री बन्न सक्ने गरी संविधान संशोधनको तयारी

काठमाडौँ, ११ फाल्गुण । सत्तारूढ दल नेकपाले राष्ट्रियसभा सदस्य प्रधानमन्त्री बन्न मिल्ने गरी संविधान संशोधनको गृहकार्य गर्न कमिटी..

काँग्रेसको छाँया मन्त्रिपरिषदको पहिलो बैठक बस्यो, के के भए निर्णय ?

काठमाडौँ, ११ फाल्गुण । नेपाली काँग्रेसले बनाएको छाँया मन्त्रिपरिषदको पहिलो बैठक बसेको छ । बैठकले सबै..

बालुवाटार जग्गा प्रकरणः ३४ जना प्रतिवादीका नाममा उपस्थित हुन म्याद जारी

काठमाडौँ, ११ फाल्गुण । विशेष अदालतले बालुवाटारको सरकारी जग्गा हिनामिना प्रकरणमा १७५ प्रतिवादीमध्ये ३४ जनालाई..

प्रचण्डले भने, ‘गल्ती गर्नेलाई पार्टीले छुट दिँदैन’

चितवन, १० फाल्गुण । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गल्ती गर्नेले..

महाशिवरात्रीमा पशुपतिः चारै ढोका खोलिए, लाखौ भक्तजनको लाइन

काठमाडौँ, ९ फाल्गुण । महाशिवरात्री पर्वका अवसरमा काठमाडौँको पशुपतिनाथ मन्दिरलमा भक्तजनको बिहानैदेखि भीड..