मूल्य वृद्धि रोक्ने राष्ट्र बैंकको लक्ष्य ‘फेल’

निरोज कुमार थापा, काठमाडौँ, ६ माघ । नेपाल राष्ट्र बैंकले प्रकाशित गरेको चालु आर्थिक वर्षको पाँच महिनाको आर्थिक तथा वित्तीय अवस्थाको प्रतिवेदनमा महँगी बढेको देखाईएको छ । कार्तिक मसान्तसम्मको मुद्रास्फीति ६.२७ प्रतिशत रहेकोमा मङ्सिरमा त्यो बढेर ६.३३ प्रतिशत पुगेको छ ।

कार्तिकमा ५.७६ प्रतिशत रहेको मुद्रास्फीति मंसिरमा बढेर ६.५५ प्रतिशत पुगेको छ । मुद्रास्फीतिलाई ६ प्रतिशतको सिमा भित्र राख्ने लक्ष्य सहित मौद्रिक नीति सार्वजनिक भएपनि राष्ट्र बैंक सिमा भित्र रहन असफल देखिएको छ । भारतमा भएको मुल्यवृद्धिको प्रभाव नेपालमा पनि परेको राष्ट्र बैंकले जनाएको छ ।

गत वर्ष खाद्य तथा पेय पदार्थको मुल्य वृद्धि औसतभन्दा कम हुने गरेकोमा यो वर्ष माथि पुगेको छ । गैर खाद्य तथा सेवा समुहको मुल्यवृद्धि विगतमा औसतभन्दा माथि हुने गरेकोमा यो वर्ष औसतभन्दा तल झरेको छ ।

तुलनात्मक रुपमा कम मुल्यवृद्धि हुने उपत्यका र तराइमा यस वर्ष मुल्यवृद्धि बढ्दै गएको छ । पहाड र हिमाली क्षेत्रको मुल्यवृद्धि औसतभन्दा कम छ । मंसिर मसान्तमा काठमाडौं उपत्यकामा ७.६० प्रतिशत, तराईमा ६.६६ प्रतिशत, पहाडमा ५.२७ प्रतिशत र हिमालमा ४.८३ प्रतिशत मुद्रास्फीति रहेको छ ।

६ माघ २०७६, सोमबार ०९:३६ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Email Subscription

विशेष

सबै

राष्ट्रिय सदस्य प्रधानमन्त्री बन्न सक्ने गरी संविधान संशोधनको तयारी

काठमाडौँ, ११ फाल्गुण । सत्तारूढ दल नेकपाले राष्ट्रियसभा सदस्य प्रधानमन्त्री बन्न मिल्ने गरी संविधान संशोधनको गृहकार्य गर्न कमिटी..

काँग्रेसको छाँया मन्त्रिपरिषदको पहिलो बैठक बस्यो, के के भए निर्णय ?

काठमाडौँ, ११ फाल्गुण । नेपाली काँग्रेसले बनाएको छाँया मन्त्रिपरिषदको पहिलो बैठक बसेको छ । बैठकले सबै..

बालुवाटार जग्गा प्रकरणः ३४ जना प्रतिवादीका नाममा उपस्थित हुन म्याद जारी

काठमाडौँ, ११ फाल्गुण । विशेष अदालतले बालुवाटारको सरकारी जग्गा हिनामिना प्रकरणमा १७५ प्रतिवादीमध्ये ३४ जनालाई..

प्रचण्डले भने, ‘गल्ती गर्नेलाई पार्टीले छुट दिँदैन’

चितवन, १० फाल्गुण । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गल्ती गर्नेले..

महाशिवरात्रीमा पशुपतिः चारै ढोका खोलिए, लाखौ भक्तजनको लाइन

काठमाडौँ, ९ फाल्गुण । महाशिवरात्री पर्वका अवसरमा काठमाडौँको पशुपतिनाथ मन्दिरलमा भक्तजनको बिहानैदेखि भीड..